इराकमा खटिएका नेपाली सेनाले खोलिदिए अमेरिकी सेनासंगको यस्तो र’हस्य, हेर्नुस बिस्तृतमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । शान्ति सेनाका रूपमा इराकमा खटिएको नेपाली सेनाको सुरक्षाबारे चिन्ता व्यक्त भइरहँदा त्यहाँ कार्यरत सेनाका अधिकारीले इरान-अमेरिका तनावले आफूहरूलाई “खासै असर नपार्ने” बताएका छन्। शान्ति सेनामा खटिएका नेपाली सेनाका सेनानीले “अमेरिकी सैन्य शिविरहरूभन्दा फरक स्थानमा रहेकाले” आफूहरू ख’तरा बाहिर भएको बताए।

बुधवार नेपाली सेनाले शान्ति सेनाका रूपमा इराक, सिरिया र लेबननमा खटिएका आफ्ना सेनाहरूलाई “आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको” जनाएको थियो। इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग अनामीको सुरक्षाका लागि ७७ जना नेपाली सैनिकहरू खटिएका छन्। नेपाली सैनिकहरू किर्कुकमा ६७ जना र एर्बिलमा १० जना खटिएको कि’र्कुकमा रहेका नेपाली सेनाका सेनानी राजेन्द्र बोगटीले बताए।

उनले भने, “यहाँ सुरक्षा संवे’दन’शीलता त छ। तर हामी अमेरिकी सेनाको आधार शिविरमा छैनौँ, त्यसलैले धेरै ख’त’रा छैन। हामीसँग उनीहरूको सम्पर्क हुँदैन।” उनले दुवै स्थानमा नेपाली सेनाहरू अमेरिकी सेनाको शिविरभन्दा टाढा रहेको जानकारी दिए। इरानले अमेरिकी सेनाको दुई आधार केन्द्रहरूमा हमला गरे पनि राष्ट्रसङ्घीय नियोगहरू रहेको क्षेत्र सु’रक्षित रहेको उनको भनाइ छ।

बोगटीका अनुसार नेपाली सेनाले इराकमा रहेका दुवै स्थानका राष्ट्रसङ्घीय नियोगका कर्मचारी र राष्ट्रसङ्घको सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी मात्र पाएको छ। उनले भने, “हामी बसेको स्थान र हाम्रो मिसन भएको दुवै स्थानमा खतरा कम छ। हामीले गर्नुपर्ने काममा हामी क्रियाशील छौँ।” “हामीलाई सुरक्षा खतरा छैन र मलाई लाग्छ भविष्यमा पनि हुँदैन। हाम्रो अमेरिकीहरूसँग सम्पर्क पनि छैन र नजिकै क्याम्प पनि छैन।” बुधवार पनि नेपाली सेनाले वक्तव्यमार्फत् इराकमा रहेका सैनिकहरू सुरक्षित रहेको जनाएको थियो।

सेनाका अनुसार लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सैन्य बल यूनीफील र सिरियास्थित संयुक्त राष्ट्रसङ्घको ‘डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’ अन्डोफमा पनि नेपाली सेनाहरू तैनाथ रहेका छन्। उनीहरूलाई पनि “विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको” वक्तव्यमा जनाइएको छ।

परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन पनि सैन्य मुख्यालयले उनीहरूलाई निर्देशन दिएको छ। राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा धेरै सैनिक पठाउने देशमा नेपाल पाँचौँ स्थानमा छ। अहिले पनि विभिन्न देशहरूमा साढे पाँच हजार जनाभन्दा बढी नेपालीहरू शान्ति सेनाका रूपमा कार्यरत रहेको सेनाले जनाएको छ। नेपाली सेनाले पहिलो पटक लेवनानमा सन् १९५८ मा शान्ति सेना पठाएको थियो। नेपाली सेनाका अनुसार हालसम्म १,२६,००० नेपाली सेनाले शान्ति सेनाका रूपमा कार्य गरिसकेका छन्। बीबीसीबाट।

यो  समाचार पनि पढ्नुस

पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु