दु’र्घ’टनापछि त्रिशाला भन्छिन्- अब हेलमेट किन्छु !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल मेडिकल कलेजमा काम थालेको झण्डै डेढ महिना भएको थियो । भर्खरै डाक्टर बनेकी गायिका त्रिशाला गुरुङलाई ९ बजे अस्पताल पुग्नुपर्छ । सँधैझैं ८: ४५ मा उनले राइड सेयरिङ एप पठाओ प्रयोग गरेर पठाओ बाइक डाकिन् ।चाबहिलको घरमै उनलाई लिन एकैछिनमा पठाओ राइडर आइपुगे।

सिमेसिमे पानीले बाटो चिप्लो थियो। सरस्वती नगरबाट आरुबारी जाने बाटोमा बाइकको अगाडि अचानक कुकुर आइपुग्यो। राइडरले दुवै ब्रेक बेस्सरी समातेपछि पछाडि बसेकी त्रिशाला बाइक अगाडि हुत्तिइन्। ‘एकछिन दिमागै शून्य भयो,’ उनले भनिन्। सबै सामान छरपष्ट भुइँमा। टिफिन बक्स, पर्स, स्टेथोस्कोप यत्रतत्र छरिए। त्रिशालाको मोबाइल भने हातबाट उछिट्टिएन। सहयोग गर्न आउनेहरुको आवाज उनको कानमा ठो’क्कियो, ‘ए आफैं नै डाक्टर रहेछ।’

त्रिशालाले हत्त न पत्त ठोकिएको निधार छामिन्। भूईंमा ददारिएर औंलाहरु दुखि’रहेका थिए। देब्रे आँखामाथिको भाग सुन्निएर ठूलो भएको थियो। उनी आत्तिइन्-कतै मासु पो निस्कियो कि? त्यसपछि भक्का’निन थालिन्। ‘निधार त सुनिएर ठूलो टुटुल्को भाको थियो। माथि अलिकति काटेको थियो। रगत पनि बग्न थाल्यो। त्यसपछि अस्पताल जान्छु भन्दै म रुन थालें,’ उनी सम्झिन्छिन्। राइडर डराइसकेका थिए। ए।

इमरजेन्सीमा सबैले ढाडस दिएपछि बल्ल रुन छोडिन्। उनको मनमा निधारमा ठूलै चोट लाग्यो कि भन्ने डर थियो। साथीले निधारको फोटो खिचेर देखाएपछि भने उनले लामो सास फेरिन्। ‘नयाँ भिडियो सुट गर्नु थियो। अनुहार बिग्रि’यो कि भनेर कत्ति डर लाग्यो। हातखुट्टा भाँ’चिए पनि हुन्थ्यो तर मुखै बिग्रियो, टाँका लगाउनु पर्‍यो भने भिडियो कसरी बनाउने भनेर चिन्तित थिएँ। त्यही भएर पनि रोइरहेको थिएँ के म,

अस्पताल पुगेपछि आफ्नो काम देखाउँदै राइडर फुत्किन खोजेका थिए। ‘उहाँ ४५ वर्षको हुनुहुन्थ्यो सायद। राइडर त तर्सिरहनु भएको थियो नि दुर्घ’टनापछि। जान्छु भन्दै हुनुहुन्थ्यो। तपाईं अस्पताल जानु भएन भने मेरो उपचार हुँदैन। पुलिस रिपोर्टको लागि तपाईं हुनुपर्छ भनें उहाँलाई। बरु तपाईंलाई म केही पनि भन्दिनँ,’ सोह्रखुट्टेमा रहेको स्टुडियोमा त्यो दिनको घटना सुनाउँदै छिन् त्रिशाला ‘दाईको पनि त्यस्तो ग’ल्तीचाहिँ थिएन। तर बिस्तारै ब्रेक लगाको भएचाहिँ हुने। अब दशा लागेको होला।’

उपचार सकेपछि फेसबुकमा भएका फलोअरलाई हेलमेटको आवश्यकताबारे बोलेर स्टोरी पनि राखिन्। स्टोरी राख्न साथ पठाओबाट उनलाई फोन आयो। राइडरलाई मोबाइल होल्डर, हेलमेट दिए पनि लापरबाही गरेर त्यो नबोकेको उनीहरुले स्वीकारे। माफी पनि मागे। १ महिनाको लागि पठाओमा प्रोमो कोड(सहुलियत) दिने बताएका थिए। तर त्रिशालालाई त्यसले लोभ्याएन। उनीहरुले क्षतिपूर्तिको कुरा पनि गरेनन्, न त्रिशालाले नै।

‘बाइकमा हिँड्दा हेलमेट कति आवश्यक छ भन्ने मलाई थाहा भयो,’ उनले दुर्घटनाले सिकाएको पाठ बताइन्। ‘टाउको फुटेर म मर्न पनि सक्थें। मलाई हेलमेट अति आवश्यक लाग्यो। अब म हेलमेट किन्छु,’ उनले भनिन्।

राइड सेयरिङ कम्पनी पठाओले अहिलेसम्म यात्रु सुरक्षाका लागि कुनै बीमा सुविधा राखेकै छैन। त्यसैले यात्रु दु’र्घट्ना भइहाले, पठाओले कुनै खर्चको भार उठाउँदैन। अब भने यात्रु बीमाका लागि बीमा कम्पनीसँग कुरा भइरहेको पठाओमा मार्केटिङ हेरिरहेकी सुर्खिया हमाल बताउँछिन्। ‘इन्सयुरेन्स कम्पनीसँग कुरा भइरहेको छ। यस्तोखालको पोलिसी छैन रहेछ कम्पनीसँग पनि,’ उनले फोन सम्पर्कमा भनिन्। तर, चालकहरुलाई सुरक्षित यात्राको लागि भने राइडरलाई पहिल्यै ट्रेनिङ दिएको हुने उनले बताइन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु