नेपाल आइडलका दोस्रो बिजेता ,रवि ओड बिवाह गर्दै! को सङ्ग गर्दै छ्न त बिवाह

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा बताएका छन् ।

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि आमा बुवाको तेस्रो सन्तान हुन । मुख्य आयश्रोत र रोजिरोटिको आधार भारतको ‘वाचम्यान’को जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए ।

उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छोडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र आफ्नो पुर्ख्याैली थलोमा पुग्ने अधुरो रहर भनै अझै जिवितै छ । लोटस आइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितको रसले छोइरहेको छ ।

बाध्यता गरिवीको जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानको’ काम गरिरहेका छन । उनि आफै पनि भारतमा गएर काम गरेको स्मरण गर्छन । केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले ।

उनका बुवा चाहान्थे कि जुन दुख आफुले भोगिरहेको छु त्यो मेरा सन्तानले भोग्न नपरोस, जसरी आफुले अर्काको देशमा पसिना बगाइरेको छु त्यसरि मेरा सन्तानको रगत र पसिना आफ्नै देशमा बगोस…..
सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याको प्रेरणाबाट गीत संगितमा लागेको बताउछँन् ।

बाज्याले अछामी माैलीक गितहरू गाउने गरेको उनि बताउछन । बाज्याले गाएको सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितको मात चढ्यो । उनको आवाज बुढिगंगा जस्तै कलकल कलकल आफ्नै गतिमा बगिरहन्छ ।

तर जब उनि पप लगाएत अन्य हाइ रेन्जको गित गाउछन उनको आवाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखोलको रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र होइन उनि खप्तड रामारोशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामारोशनको काखका रहेका उनि खप्तड, रामारोशनजस्तै राज्यको नजरबाट टाढा रहन चाहादैनन ।

आफ्नो हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेरो गित संगितको प्रेरक बाज्या र मलाइ जन्माउने आमा मसंग छैनन । यदि उनिसंगै भइदिएको भए यो खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ ।साभार

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु