‘बैशाखमा बुहारी र नाति लिएर आउँछु भनेर फोन गरेको छोरा बाकसमा आयो’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। त्रिभुवन विमानस्थलमा आइतबार थाइ एयरमा आउने आफन्तलाई कुर्नेको भीडको कुनामा दुई दाजुभाई कुरा गर्दै थिए। घरीघरी आगमनतर्फको प्रतिक्षालयमा झु ण्ड्याइएको मोनिटरमा विमानस्थलमा अवतरण भएको विमानको लिस्ट हेरिरहन्थे। त्यतिबेला मलेसिया र दुबईबाट आउने यात्रुको लाम थियो।

सवा १ बजे विमानस्थलमा थाइ एयर अवतरण भयो। दोलखा भिमेश्वर नगरपालिका–२ का गम्भीर र शिव श्रेष्ठ थाइ एयरलाई कुरिरहेका थिए। यही एयरमा उनका ३२ वर्षीय भाइ राजुको शव बाकसमा आउँदै थियो। चार दिन अगाडि उनको कार दुर्घ टनामा मृ त्यु भएको थियो।

विमानस्थल पुग्नु भन्दा अघि भाइको लागि पशुपतिमा चिता तयार परिएको थियो। छोराको अन्तिम पटक अनुहार हेर्न ६६ वर्षीया आमा अमलापुरी श्रेष्ठ र ७३ वर्षीय बुवा विष्णुप्रसाद श्रेष्ठ दोलखाबाट चारदिन अघि नै काठमाडौं आइसकेका थिए।

छोराको श’व राखेको बाकस घाटमा पुर्‍याउने बित्तिकै आमा अमलापुरी सम्हालिन सकिनन्। ‘छोरा बैशाखमा बुहारी र नाति लिएर आउँछु भनेर फोन गरेको थियो,’ उनले भनिन्, ‘बाकसमा पो आयो।’

मृ’तकका भिनाजु श्रवणकुमार श्रेष्ठ र श्रीमती सीता राईले राजुको श’व बाकसमा हालेर नेपाल पठाए। तर, पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदा श्रीमती र छोरा भने आउन सकेनन्। सीता म्यानमारकी हुन्। उनले चाहेर पनि श्रीमानको दा’हसंस्कारमा आउन सकिनन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

दश वर्षअघि क्लिनर भिसामा मलेसिया गएका राजु केही वर्ष कामदार भएर काम गरे। त्यसपछि आफैँ व्यापार गर्न थाले। विभिन्न कम्पनीका कामदारलाई खाना सप्लाई गर्ने श्रेष्ठले मलेसियामा रेष्टुरेन्ट समेत सञ्चालन गरेका थिए।

नेपाली कामदारलाई नै व्यवसाय जिम्मा लगाएर अन्तिम पटक ०७४ वैशाखमा नेपाल आए। तर, कामदारको दुर्घट’ना भएको खबर आए लगत्तै मलेसिया फर्किए। त्यसअघि नै म्यानमारकी नेपालीभाषी सितासँग उनको विवाह गरिसकेका थिए।

उनको १५ महिने छोरासहित श्रीमतीलाई आउँदो बैशाखमा स्वदेश फर्कने फोनमा आमा र आफन्तलाई सुनाएका थिए। उनको भक्तपुरको झौखेलमा साढे तीन तले घर बन्दैछ।

‘बैशाखमा घर सर्ने गरी बुहारी लिएर आउने भनेका थिए,’ दाई गम्भीरले भने,‘हतार हतार गरेर घर निर्माण भइरहेको थियो। उनीहरु सबै आउने कुराले हामी पनि खुसी थियौ। त्यस अघि उनको श’व आइपुग्यो।’

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु