शिवमाया नै सभामुख पदको सशक्त उम्मेदवार हुन् : प्रवक्ता श्रेष्ठ

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। आज मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताएका छन्।

प्रतिनिधिसभाको उपसभामुख बनिसकेकाले शिवमाया पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको उनको भनाइ छ। संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म संसद्‍को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गु’माउने स्थिति सिर्जना भएकाले उहाँलाई राजीनामा दिन पार्टीले आग्रह गरेको उनको भनाइ छ।

नेता श्रेष्ठले उपसभामुखले संसदको ठूलो दल नेकपाले नै समामुख गु’माउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता वि’परित भएको बताए। उपसभामुखलाई प्रवक्ता श्रेष्ठले संवैधानिक प्रावधानलाई बुझ्न अनुरोधसमेत गरे।

उपसभामुखको राजीनामाकै कारण पुस ४ गतेबाट सुरु भएको संसद्‍को हिउँदे अधिवेशन बिजनेस विहीन बनेको छ। उपसभामुखको राजीनामाकै कारण पुस ११, १६ र २७ गते सूचना टाँस गर्दै बैठक स्थिगित भएका छन्। प्रनिधिसभाको अर्को बैठक माघ ६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति

पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्‍टपुष्‍ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु