यी १७ वर्षीय किशोरले नासा प्रवेश गरेको तेस्रो दिनमै पत्ता लगाए नयाँ ग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। न्युयोर्कको स्कार्सडेलमा बस्ने १७ वर्षीय वुल्फ ककियरले हाईस्कूल सिध्याउन एक वर्ष मात्र बाँकी हुँदा अन्तरिक्ष नियोग नासामा इन्टर्नशिपको अवसर पाए । त्यसपछि उनी मेरील्यान्डको ग्रीनबेल्टमा रहेको गोडार्ड स्पेस फ्लाइट सेन्टर पुगे।

त्यहाँ पुगेको तेस्रो दिनमै ककियरले दुईवटा तारालाई घुम्ने एक ग्रह पत्ता लगाए । टीओआई १३३८बी नाम दिइएको उक्त ग्रह पृथ्वीभन्दा लगभग सात गुणा ठूलो छ र त्यसका दुई तारा छन्। एउटा तारा हाम्रो सूर्यभन्दा १० प्रतिशत ठूलो छ अनि अर्को चाहिँ सूर्यको मासको एक तिहाइ मात्र छ र कम चम्किलो छ ।

ककियरले दोस्रोपटक स्पेस रिसर्च लेबोरेटोरीमा इन्टर्न गरेका हुन् । सन् २०१८ को ग्रीष्ममा उनले नासाको एयरोस्पेस टेक्नोलोजीका अनुसन्धाता रवि कोप्परापुको प्रशिक्षणमा गोल्डीलक्स जोन प्रोजेक्टमा काम गरेका थिए ।

वुल्फलाई स्पेस फ्लाइट कम्प्लेक्समा फेरि इन्टर्न गर्न बोलाइयो तर निर्देशन दिन कोप्पारापु उपलब्ध थिएनन् । वुल्फलाई नासाका रिसर्च सायन्टिस्ट भेसेलिन कोस्तोभको प्रशिक्षणमा राखियो । वुल्फले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइटमा काम गरेको कोस्तोभको भनाइ छ ।

त्यसक्रममा एउटा तस्वीर हेर्दा वुल्फले अनौठो कुरा देखे र कोस्तोभलाई त्यसको बारेमा बताए । त्यसपछि वुल्फ र कोस्तोभले घन्टौंसम्म डेटासेटहरूमार्फत त्यसका थप फीचरहरू भेरिफाई गरे ।

त्यसको दुईदेखि तीन महिनापछि वुल्फले पत्ता लगाएको कुरा नयाँ ग्रह भएको पुष्टि भयो । वुल्फले ग्रहको नाम राख्न त पाएनन् तर उनका दाइले त्यसलाई वुल्फटोपिया नाम दिए ।

वुल्फले हाईस्कूल सकेपछि प्रिन्सटन विश्वविद्यालय, स्ट्यानफोर्ड विश्वविद्यालय र एमआईटी जस्ता प्रतिष्ठित शैक्षिक संस्थामा पढ्ने सोच बनाएका छन् । त्यहाँ हुने अन्तरिक्ष भौतिकशास्त्र वा भौतिकशास्त्र अध्ययन गर्नेछन् ।

यो पनि पढ्नुस
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु