घरभित्र खा’ल्टो खनेर गा’डिएको टिनको बाकसमा भेटियाे यति धेरै पैसा, प्रहरी नै चकित

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतको नयाँदिल्लीबाट चो’री गरी ल्याएको ६५ लाख भारतीय रुपैयाँ कैलाली प्रहरीले ब’रामद गरेको छ । जसको नेपाली रुपैयाँ १ करोड ३ लाख हुन आउँछ । ब’रामद रकमसँगै प्रहरीले तीन जनालाई समेत प’क्राउ गरेको छ । यस्तै उनीहरूबाटै थप एक लाख नेपाली रुपैयाँ पनि प्रहरीले ब’रामद गरेको छ ।

बाजुरा बूढीगङ्गा नगरपालिका–१, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा प’क्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार जहरसिंह र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए ।

मंसिर ४ गते नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट उनीहरूले उक्त रकम चो’री गरेर फ’रार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बस्नेतले बताए ।

चो’री भएको रकमबारे भारतीय राजदूतमार्फत नेपाल प्रहरीलाई पत्रमार्फत जानकारी गराइएको थियो । सोही आधारमा कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खा’ल्डो ख’नेर टिनको बाकस गा’डिएको अवस्थामा रकम फेला परेको हो ।
प’क्राउ परेका तीनै जनालाई कैलाली प्रहरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरुमाथि जिल्ला अ’दालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु