श्रीमानको मृ’त्यु हुँदा श्रीमतीले पाइन् एक करोड !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुरेन्द्र भण्डारी
झापा। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गरेका वुद्धशान्ति गाउँपालिका – ३ निवासी इन्द्रप्रसाद दंगालको सवारी दु र्घ ट नमा मृ त्यु भएपछि उहाँको परिवारलाई विमा वापतको रकम प्रदान गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा आज आयोजित कार्यक्रमकाबीच विमा बापत एक करोड तीन लाख १५ हजार रुपैयाँ दंगालकी श्रीमती सुस्मिता थपलियालाई प्रदान गरि दंगालको गत कात्तिक ४ गते शिवसताक्षी नगरपालिकाको दुधेमा सवारी दु र्घ टनामा मृ त्यु भएको थियो । दंगालले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा विमा योजना खाता खोल्नु भएको थियो । दंगालले विमा गरेसंगै पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाउनुभएको थियो ।

१६ बर्षको सो विमा अवधि रहेको र मृ त्युपछि उहाँकी श्रीमती सुस्मिताले मृ त्यु दावीको कागजपत्र बिमा कम्पनीमा पेश गर्नुभएको थियो । उक्त रकम कम्पनीले सम्पूर्ण पक्रिया पु¥याएर मृ तकको परिवारलाई चेक हस्तान्तरण गरेको नेशनल लाइफ इन्स्योरेनस कम्पनी बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकीले जानकारी दिनुभयो ।

बिर्तामोड शाखा प्रमुख बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश नं. १ प्रमुख नरेन्द्र राई, मृ तकका भिनाजु नयनप्रसाद ओली, अभिकर्ता अनन्तराम ओली लगायतले बोल्नु भएको थियो ।

यो पनि
पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु