काश्मिरमा कम्तीमा ४३ जनाको नि’धन

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा ४३ जनाको नि’धन भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घ’टनामा परी अरु कैयौँ बे पत्ता पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घ’टनामा परी उनीहरुको निधन तथा बे पत्ता भएको मुजाफरवादका आयुक्त इम्तीयाज अहमदले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अहिलेसम्म कम्तीमा दश जना बे पत्ता भएका विवरणहरु प्राप्त भएका छन् । घ’टनास्थलमा खोजी तथा उ’द्धार कार्य जारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।

नि’धन भएका मध्ये अधिकांशको पाकिस्तान नियन्त्रित काश्मिरमा पर्ने निलम उपत्यकामा रहेका जनाइएको छ । दर्जनौ घर, सवारी साधन र पसल पनि क्ष’तिग्र’स्त भएको आयुक्त अहमदले जानकारी दिनुभएको छ ।

त्यस क्षेत्रमा पछिल्लो समय हिमपात, हिमपहिरोलगायत बर्षासम्वन्धी विभिन्न घ’टनाहरु भएको पनि उहाँले बताउनु भयो । लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थीहरु पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरु मध्ये तीन जनाको घ’टनास्थलमै निधन भएको थियो भने अरु घा’इते भएका थिए ।

त्यस्तै घ’टना अन्य ठाउँहरुमा पनि भएका छन् । डाक्कि चाक्नार क्षेत्रमा भएको अर्को घ’टनामा परी अरु ६ जनाको निधन भएको छ । त्यहाँ घरमै हिमपहिरो ख’सेको थियो ।
पहिरोले च्यापिएका अन्य स्थानीयको ‘उ’द्धा’र कार्य भइरहेको जनाइएको छ ।

यो पनि
पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु