शिवमाया नेपालको इतिहासमै शक्तिशाली महिला नेतृत्व

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। माननीय शिबमाया तुम्बाहाङ्फेमा वास्तममा नै कुनै कमी रहेनछ तर उनलाई सभामुख बनाउन नेकपाको जत्थालाई गाह्रो परिरहेको छ । तर तुम्बाहाङ्फेले नेकपाको नेतृत्व तहले दिएको द’वावलाई गलह त्याएर राजिनामा दिन ईन्कार गरेपछि उप-सभामुखको चौतर्फी चर्चा भएको छ ।

हुनपनि हो, अहिलेसम्म कै उच्चतहमा काम गर्ने महिलाहरु मध्यकै सबैभन्दा क्षमतावान् देखिनुभएको छ उप-सभामुख तुम्बाहाङ्फे । औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, का’नूनको विद्यार्थी, चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सकृय भएको व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःखद् कुरा भएको बुझिन्छ ।

महिला आ’न्दोलन कै विषयमा विद्यावारिधी गरेकै मान्छेलाई अहिले महिला भएकै कारण उक्त पदमा लैजान नेतृत्व किन अनकन गरेको छ अचम्मको विषय बनेको छ ।

सभामुखको पदमा कति राजनीति र छ’लक’पट हुनेगरेको रहेछ भन्ने अहिले आएर जनताले बुझ्न थालेका छन् । पूर्व सभामुख ओन्सारी घर्तीमगर र वर्तमान सम्माननीय राष्ट्रपतिलाई हेर्ने हो भने कसैले पनि डा. तुम्बाहाङ्फेलाई असक्षम भन्न मिल्ने अवस्था छैन । तर नेपालको घि’नलाग्दो राजनीति दैव जानुन् ।

नेकपा भित्र नै दुईवटा खोला बगेको छ एउटा खोलाले एमालेको पानी बोक्छ अर्को खोलाले माओवादीको । यदि शिबमाया तुम्बाहाङ्फेको अडान कायम रहने हो भने तुम्बाहाङ्फे नेपालको इतिहासमै क’डा महिला हुने निश्चित छ ।

कम्युनिष्ट भित्र प्रचण्ड र ओली सर्वशक्तिमान छन् यिनीहरुको मिलेमतोमा भएको कुरा कुनैले पनि का’ट्न ड’राउँछन् तर तुम्बाहाङ्फेको यो साहसलाई मान्नुपर्छ । “जे सुकै गर, महाअ’भियोग लगाएपनि लगाउ तर म, राजिनामा दिन्न”।

यो नेतृत्वलाई गतिलो झा’पड पनि हो । पार्टि सबैको हो तर जहिले पनि अध्यक्षले मात्रै मनोमानी गर्न पाउने व्यवस्था भएको नेकपालाई अब जुनसुकै कदम लिँदापनि दुईपटक सोच्नै पर्ने बनाएको छ ।

यो पनि
पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु