विदेशमा श्रीमानले कमाएको सम्पत्ती र पैसा लिएर वे’पत्ता भएकी श्रीमतीले श्रीमानलाई छोडेकी थिइन् यस्तो अन्तिम सन्देश (भिडियो हेर्नुस्)

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । भरतपुर महानगरपालिका वडा न १३ उज्वलनगर बस्ने बर्ष २८ कि प्रमिला सुनार वे’पता भएको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको छ । गत मंसिर २४ गते माईत जान्छु भनेर हिड्नु भएकी प्रमिला अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछी पत्रकार सम्मेलन गर्नु परेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भएको छ । प्रमिलाको साथमा करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत रहेको परिवारले जनाएको छ । विदेशमा रहेका श्रीमानसँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भयो ।

श्रीमती सम्पर्कमा नआएपछी नौ दिनमा आपतकालिन टिकट का’टेर घरमा आएको भन्दै सन्तोषले श्रीमान श्रीमतिको बिचमा राम्रो सम्बन्ध रहेको बताउनु भयो । एक छोरा र एक छोरीको बि’च’ल्ली भएको भन्दै सन्तोषले मेघौलीमा घर भएपनि श्रीमतीकै आग्रहमा वडा नम्बर १३ उजेली नगरमा घर निर्माण गरेको बताउनु भयो । श्रीमतीले पटक पटक माईती नजीक वस्ने भनेपछी विदेशबाट कमाएको पैसाले घर बनाएको बताउनु भयो ।

दुई दुई वर्षमा साउदीबाट नेपाल आउने गरेका सन्तोष दश महिना अगाडी मात्रै विदेश गएको बताउनु हुन्छ । हरेक महिना तलब पठाउने गरेको बताउदै सन्तोष भन्नुहुन्छ, “उनको नाममा २ कट्टा जग्गा छ । उनले घर छाडेको पाँच छ दिनपछी म घर आँउदिन मलाई फोन नगर्नु । कि त म घर छो’डेर जानु पर्छ कि त म म’र्नु पर्छ भनेर उनले भाई बुहारीलाई फोन गरेकी रहीछन् ।”

सन्तोष मलिन अनुहार बनाउदै थप्नुहुन्छ, “जस्तो सुकै बा’ध्य’ता वा गा’र्हो अवस्थामा भएपनि सम्पर्कमा आउ ।” आफुले शं’का लागेको स्थानको खोजी गरीसकेको र प्रहरीलाई जानकारी गराउँदा पनि अहिलेसम्म पत्ता नलागेपछी पत्रकार सम्मेलन गरेर सञ्चार माध्यममा आउन बाध्य भएको सन्तोषको भनाई रहेको छ ।

यो पनि
पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु