ब’ला’त्कार आ’रोपी सिद्धबाबा भारत भा’गेपछि अदालतले दियो जे’ल पठाउने आ’देश

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर : उच्च अदालत विराटनगरले ब’लात्कार आ’रोपमा सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको छ। जिल्ला अदालत सुनसरीले ध’रौटीमा छाड्न दिएको आदेश बद’र गर्दै उच्चका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले बिहीबार साँझ यस्तो आदेश दिएको हो।न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गत पुस १४ गते सिद्धबाबालाई तीन लाख धरौ’टीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशवि’रुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए। सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पू’र्पक्ष माग गर्दै नि’वेदन दा’यर गरेका थिए।

उच्च अदालतबाट जिल्लाको आ’देश ब’दर गरी सिद्धबाबालाई थु’नामै राखेर मु’द्दाको पूर्पक्ष गर्न आ’देश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए। उच्चको आ’देशपछि जिल्लाले दिएको आदेश ब’दर भएको छ। उच्च अदालत विराटनगरमा आफू’वि’रु’द्धको जव’रज’स्ती कर’णी मु’द्दा’को सुनुवाइ चलिरहेका बेला सिद्धबाबा भने बिहीबार दिउँसो भारततिर भा’गेका छन्। सरकारले उपल’ब्ध गराएका निजी सुरक्षा गार्डलाई नेपाल–भारत सीमा क्षेत्रबाटै फि’र्ता’ प’ठाएर  उनी भा’रत भा’गेका हुन्।

विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ गरेको स्रोतको दा’बी छ। सिद्धबाबा आफ्ना केही अनु’यायीसहित ग १ च ८१५७ नम्बरको पजेरो चढेर भारततिर लागेका हुन्। उनको सुरक्षामा नेपाल प्रहरीका ह’वल्दार मुकेश साहलाई खटाइएको थियो। स्रोतका अनुसार कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी नगराइँदा सुरक्षामा खटिएका हव’ल्दार अन्यो’लमा परेका छन्।

केही समर्थक र अनुयायीका साथमा सिद्धबाबा सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भनेर हिँडेका थिए। अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन्। जतिबेला उनी वि’रुद्ध’को मुद्दाको सुनुवाइ अदालतमा जारी थियो। ‘हामी एकक्षण पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्ड’लाई सीमामा झारेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा एकिन भइसकेको छैन।’

स्वास्थ्य उपचारका लागि भन्दै उनी दिल्ली गएको स्रोतले बतायो। सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भार’त पुगेर फर्किएका थिए। उनी भारततर्फ जानुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला अदालतको आदेश पनि उनी अनु’कूल आएन। स्रोतका अनुसार सुनु’वाइपछि आउने अदालतको आदेशको प’र्खाइमा उनी थिए। आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भार’ततिर ‘सु’टुक्क’ लागेको बताइएको छ। दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते ब’ला’त्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते प’क्रा’उ गरेर सुनसरी प्रहरीले जवर’जस्ती’ कर’णी मुद्दामा अ’नु’सन्धान थालेको थियो।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु