एकाएक किन आए अमेरिकी आर्मी काठमाण्डौमा ?

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। सहरी वि द्रोह सामना गर्ने विषयमा नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ। संभावित सहरी वि द्रोह र त्यसले उत्पन्न गराउन सक्ने चु’नौतिका विषयमा नेपाल र अमेरिकी सेनाका विशेष फौजबीच संयुक्त सैन्य अभ्यास हुने भएको हो।

आगामी फागुन ५ र ६ गते काठमाडौंमा हुने सैन्य अभ्यासमा (तालिम) नेपाली र अमेरिकी सेनाका विशेष फौज सहभागी हुँदै छन्। ‘ब्यालेन्स नेल’ नाम दिइएको सैन्य अभ्यास छाउनीस्थित महावीर गण (रेञ्जर)मा हुनेछ। उक्त सैन्य अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना विशेष फौज सहभागी हुने सैनिक स्रोतले जनाएको छ। सहरी विद्रोहका अलाबा यो सैन्य अभ्यासमा मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय का’नुन, ल’डाइमा घा’इतेको उपचारपद्धतिलगायत विषयमा सै’द्धान्तिक अनुभवको आदन प्रदान हुनेछ। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

विभिन्न विषयका प्रशिक्षकसहित अमेरिकी विशेष फौज फागुन पहिलो साता काठमाडौं आउने छन्। नेपाल र अमेरिकी सेनाबीचका विशेष फौजबीच विभिन्न विषय केन्द्रित सैन्य अभ्यासहरू विगत लामो समयदेखि हुँदै आइरहेको छ। नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यासले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग गर्ने छ।

नेपाली सेनाको अन्य सैनिक संगठनसँग सहकार्य गरी सैनिक का’रवाही सञ्चालन गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्ने छ। संयुक्त तालिम÷अभ्यासबाट दुई देश बीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने नेपाली सेनाले बताउँदै आएको छ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु