बिश्वास गर्नुहोस, एनसेलको ६२ अर्ब कर असारसम्ममा जसरीपनि उठाउँछुः राजश्व सचिव

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वोच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्षभित्र उठाइसक्ने विश्वास दिलाएका छन् । ‘मेरो मोबाइल’ सेवाको तत्कालीन व्यवस्थापनबाट एनसेल व्यवस्थापनमा हस्तान्तरण हुँदा लाभकर र जरिवाना रु ६२ अर्ब ६३ करोड बक्यौता रहेको जानकारी दिँदै उक्त रकम बुझाउन कम्पनीलाई ताकेता गरिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणका आधारमा क’र कार्यालयले ६२ अर्ब ६३ करोड बक्यौता ति’र्नुपर्ने ढङ्गबाट मूल्याङकन भएको भनी अ’सहमति जनाउँदै एनसेल सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले हक हस्तान्तरणका बखत रहेको बक्यौतामा नयाँ कम्पनीलाई जरिवाना गर्न नमिल्ने व्याख्या गर्दै ज’रिवाना क’टाएर बाँकी हुन आउने ४६ अर्ब कर असुल उपर गर्न सरकारको नाममा आदेश दिएको थियो ।

अदालतले तिर्न बाँकी भनेको रकममध्ये विसं २०७४ जेठ २१ गते अगावै एनसेलले रु २३ अर्ब ५७ करोड कर तिरी सकेको थियो । किस्ताबन्दीमा ति’र्छु भनेको रकम ब्याजसहित प्राप्त गर्न एनसेललाई सहयोग पु¥याउँदै आएको तथा लाभकर बाहेक एनसेलले अन्य सबै ‘क’र चुक्ता गर्दै आएको पनि सो अवसरमा राजश्व सचिव ढुङ्गानाले जानकारी दिए ।

सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको उक्त निर्णयपछि ज’रिवानावापत ति’र्नुपर्छ भनेर दा’बी गरिएको रु १७ अर्ब ९५ करोड रकम एनसेलले मिनाह पाएको थियो । अदालतको निर्णयपछि गरिएको क’र निर्धारण र ब्याज जोड्दा ऐनसेलबाट असुल उपर गर्नुपर्ने रकम रु २२ अर्ब ४४ करोड कायम भएको थियो । त्यसमध्ये हालसम्म रु चार अर्ब ५४ करोड ति’रिसकेको एनसेलले बाँकी रकम भने यसै आवभित्र किस्ताबन्दी रूपमा तिर्ने लिखित प्रतिबद्धता जनाएको सो अवसरमा जानकारी दिइयो ।

यसैबीच समितिले अदालतबाट आदेश आइसकेकाले मोबाइल सेवाका बाँकी फ्रिक्वेन्सी विलम्ब नगरी प्रतिस्पर्धाका आधारमा लिलाम गर्न सरकार र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । केही व्यक्तिले फ्रिक्वेन्सी लिएर परियोजना अघि नबढाई ढि’लासुस्ती गर्नुको कारण के हो भनी प्रश्न गर्दै सदस्यहरुले राष्ट्रको राजश्व उठाउने कार्यलाई जतिसक्दो छिटो टुङग्याउन सुझाव दिए ।

बैठकपछि समितिका सदस्य प्रेमबहादुर आले मगरले भने, “नेपाल दूरसञ्चार प्राधिकरणको फ्रिक्वेन्सी वितरण र ऐनसेलको लाभकर विषयमा छलफल भएकामा थुप्रै कम्पनीले राज्यलाई ति’र्नुपर्ने रकमको दायित्व नतिरेको पाइयो, त्यसलाई छिटो असुलउपर गर्न सरोकारवाला पक्षलाई निर्देशन दिएका छौँ ।” उनका अनुसार स्मार्ट टेलिफोनको रु दुई अर्ब ३२ करोड, युटिएलको रु एक अर्ब ६१ करोड, नेपाल सेटलाइटको रु ८२ करोड बक्यौता देखिन्छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु