यस्तो बेलापनि रवि लामिछाने आएनन् भन्दै पुण्य गौतमले यसरी गरे गु’नासो [भिडियो सहित]

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ। सामाजिक अभियन्ता, बिस्लेशक तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिने क्रममा एकास्सी ढले । एक जना बालकको उपचारका लागि भन्दै सहयोग जुटाउँदै हिडेका उनलाई सोही सहयोग रकम हिनामिना भएको आ’रोप लागेपछि त्यसवारे स्पष्टिकरण दिन उनी मिडियामा आएका थिए । सोही विषयलाई लिएर आफुलाई वि’वादित बनाइएको पुण्यको भनाई छ । उनी त्यसरी अन्तर्वार्ता दिँदा दिंदै मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आ’कस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको थियो । पि’डित र संधै न्यायको पक्षमा वकालत गर्ने पुण्यमाथि एक पि’डितलाई गरिएको सहयोग हि’नामिना गरेको आ’रोप लागेर अर्का समाजसेबी बिनयजंग बस्नेतद्वारा कु’टिएपछि यस बिषयलाई लिएर धेरैको मन रोएको छ यतिबेला ।

उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न पुगेका निर्देशक हरि उदासी, हिमा श्रेष्ठ, बरिष्ट अधिवक्ता बोर्ण बहादुर कार्कीदेखि सबैलाई धन्यवाद दिएका छन् भने परेको बेला साथ दिन्छु भन्नेहरुप्रति गु’नासो समेत गरेका छन् । साथै, रवि लामिछाने, ज्ञानेन्द्र शाहीले आफु बि’रामी भएको बेला एक कल पनि नगरेकोमा समेत गु’नासो गरेका छन् । प्रधानमन्त्री ओलीको तर्फबाट पनि शिघ्र स्वास्थ्यलाभको कामना गरिएकोमा धन्यवाद दिएको छन् ।
हेर्नुस् भिडियो

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु