नेपालमा श्रीमती र दुई छोराछोरीलाई छोडेर गएका श्रीमानले साउदीमै फिलिपिनो महिलासंग गरे विवाह (भिडियो)

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / जंगवहादुर थिगं साउदीमा ड्राइभरको जागिर खाने गरेका थिए । उनले नेपालमा आफ्नो श्रीमती र दुई छोराछोरीलाई छोडेर गएका थिए । तर पछिल्लो केही वर्ष देखि उनी परिवारको सम्पर्कमा थिएनन् । श्रीमतीले ऋण खोजेर साउदी पठाएको श्रीमान ७ वर्ष सम्म सम्पर्क विहिन भएपछि उनको श्रीमती मिडियामा आएकी थिइन् । ति महिलाले आफ्ना श्रीमान जंगवहादुर साउदीमै फिलिपिनो महिलासंग विवाह गरेको र उनीवाट एउटा सन्तान पनि भएको महिलाले बताएकी छन् ।

श्रीमती मिडियामा आएपछि भने उनका श्रीमान जंगवहादुर पनि फोनमा सम्पर्कमा आएका छन् । उनले आफुले त्यसपछि भने अब पैसा पठाउँछु छोराछोरीलाई सरकारी विद्यालयमा पढा भनेर फोन गरेका थिए । श्रीमानले ७ वर्ष सम्म सम्पर्क विहिन भएर बसेपछि उनले अब माया गर्न र खुसी दिन सक्दिन भनेर भनिसकेको पनि बताइन् । तर जंगवहादुरको माया नचाहने र छोराको पढाई खर्च पठाउन र विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने बताएकी छन् ।

श्रीमतीले इमोमा ब्लक गरेका कारण फेसवुकमा आफुले पनि ब्लक गरेको स्पष्टिकरण दिएका छन् । उनले अहिले आफुले फिलिपिनो केटीसंग विवाह गरेको पनि स्वीकार गरेका छन् । अब घरको ऋण तिर्ने र छोराछोरीको पढाई खर्च बेहोर्ने बताएका छन् । जंगवहादुरले बिचबिचमा खर्च पठाइरहेका कारण सबै ऋण तिर्न भने नसक्ने बताउँछन् । तर श्रीमतीले भने जंगवहादुरले पैसा नपठाएका कारण ऋण लिन परेको बताएकी छन् । सात वर्षको अवधिमा श्रीमानले २ लाख रुपैया मात्र पठाएको उनले बताए । श्रीमतीले भने ७ वर्षको अवधिमा दुई छोराछोरी पाल्न, पढाउन कति खर्च लाग्छ आफै हिसाव गरेर खर्च पठाउनुपर्ने श्रीमतीको भनाई छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु