इतिहासमै पहिलोपटक ओली सरकारले गर्यो हिम्मत, सेना लिएर कालापानी जाँदै उपप्रम पोखरेल

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय सेनाकाे क’ब्जामा रहेकाे दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर नक्सा सच्याउने मात्र होइन भूमि नै फिर्ता ल्याउन लागेको जानकारी गराएका बेला उपप्रधानमन्त्री पोखरेलको टिमलाई कालापानी पठाउन लागिएको हो । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जाने बताइएको छ ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागिता हुनेछन् । उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् । काठमाडौँबाट आज बिहान उड्ने सेनाको हेलिकप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउनेछ ।

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ । उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुगेका थिए ।

आइतबार व्यारेक निरीक्षण र दार्चुला महोत्सवको उद्घाटन गरेपछि बेलुकी दार्चुलामै बस्ने कार्यक्रम छ । आइतबार अपराह्न ४ बजे कार्यालय प्रमुखसँग उपप्रधानमन्त्री पोखरेलको छलफल कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

यसैगरी उनले जिल्लास्थित कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । दार्चुला विकास सङ्गठनस्थित हलमा कार्यकर्ता भेटघाटका लागि समय मिलाइएको छ ।

त्यसपछि हेलिकप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेल व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो ।

दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ । अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ । महोत्सवको अवसर पारेर उनले नेपाली सेनाको व्यारेक र कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत अवलोकन गर्ने भएका छन् । जिल्लाको भ्रमणको क्रममा दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत बनाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
त्यसैगारी नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।

गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।

‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’

काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु