चीनमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमश घट्दै

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फागुन ४ काठमाडौं- चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ। आइतवार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो।

अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ। चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई सङ्क्रमण भएको छ। फ्रान्स, हङ्‍कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ। नयाँ तथ्याङ्क आउनुभन्दा पहिले चिनियाँ विदेशमन्त्री वाङ यीले यो प्रकोप नियन्त्रण गर्न सकिने बताएका थिए।

एजेन्सी- कोरोना सं’क्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ ।वुहान सहरबाट फैलिएको यो स’ङ्क्र’मणकै कारण वि’श्वभर फैलन सक्ने अनु’मान गरिएको छ। चीनले कोरोना भाइ’रसको बि’रुद्ध लड्नका लागि हरसंभव क’सरत गरिरहेको छ। ६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको पनि संसा’रभर च’र्चा भैरहेको छ । अनेकौँ प्रयास गरिरहेको चीनले यसको औसधि पनि बनाएको खबर प्राप्त भएको छ ।

चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस बिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ । यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ । जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बि’रुद्ध लड्नका लागि स्प्रेको बिकास गरि सफल परीक्षण समेत गरिसकेको छ।

यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बि’रुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ ।यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको बताइएको छ । हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीटको कमेन्टमा पाइयो । यदि यो खबर सत्य हो भनें यस म’हामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।

An antiviral spray against novel #coronavirus has developed in Shanghai Public Health Clinical Center, which can be put into throat as shield from virus. The spray can greatly help protect front-line medical staff, yet mass-production for public use is not available for now. pic.twitter.com/om75IyQHHq

— People’s Daily, China (@PDChina) January 27, 2020

त्यसैगारी चीनले ४८ घण्टामै बनायो को’रोना भा’इर’सका विरामीको उपचार गर्ने सुविधासम्पन्‍न अस्पताल। चीनले दुई दिनमै को’रोना भा’इरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ।चीनको बुहान क्षेत्रमा मा’हामा’रीको रुपमा को’रोना भा’इरस फैलिएपछि उसले को’रोना भाइ’रसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको डेली मेलले उल्लेख गरेको छ। यसअघि चीनले गत बिहीबार १० दिनमा नयाँ अस्पताल नि’र्माण गर्ने घोष’णा गरेको थियो।

मेलका अनुसार एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको जनाइएको छ। यता, चिनियाँ अधिकारीहरुले सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक ६ दिनमै सक्ने प्रतिब’द्धता व्यक्त गरेका थिए भने नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो।

त्यस्तै अमेरिकासंग गरिएको एमसीसी सम्झौतामा के के छ ? सम्झौताको पूर्णपाठसहित (नेपाली र अंग्रेजीमा) – सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो। यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ।

हालसम्म ४९ देशमा एमसीसीको सहयोग छ। अल्बानिया, अरमेनिया, जर्जिया, जस्ता युरोपियन देशका साथै अफ्रिकी मुलुकहरुमा पनि यो कार्यक्रम लागू भइरहेको छ। ल्याटिन अमेरिकाको पेरु, ग्वाटेमाला, गुएनाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, श्रीलंका, इण्डोनेसिया आदि देश पनि यसमा अनुबन्धित छन्। एमसीसीको बोर्ड अफ डाइरेक्टरको २०१७ अगस्ट महिनामा बसेको बैठकले नेपाललाई लगभग ५० अर्बको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

यसैअनुसार एमसीसी र नेपाल सरकारबीच २०७४ भाद्र २९ गते ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका थिए। उक्त सम्झौताबमोजिम अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अ’नुदानस्वरूप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १३० मिलियन अमेरिकी डलर बराबरको रकम कार्यक्रमका लागि विनियोजन गर्नुपर्नेछ व्यवस्था छ। नेपालले उक्त रकम ऊर्जा र यातायात विकासका पूर्वाधारका क्षेत्रमा खर्च गर्नुपर्नेछ। जसमा सम्झौता लागू भएको मितिबाट ५ वर्षमा परिचालन गरी सक्नुपर्नेछ।

नेपालको विकास परियोजना निर्माणमा अमेरिकाले ५१ अर्ब (पाँच सय मिलियन डलर) र नेपाल सरकारले १३ अर्ब ३६ करोड (एक सय ३० मिलियन डलर) गरी ६४ अर्ब २६ करोड रुपैयाँ (६ सय ३० मिलियन अमेरिकी डलर) लगानी गर्ने योजनाअनुसार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपालका विभिन्न भागमा करिब तीन सय किलोमिटर विद्युतीय प्रसारण लाइन निर्माण तथा तीन सय किलोमिटर सडक मर्मत गर्नु सहयोग सम्झौताअन्तर्गतका परियोजनाको उद्देश्य रहेको वासिङटन डीसीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरिएको थियो।

उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने सम्झौतामा उल्लेख छ। तर, उक्त सम्झौताले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोगको ढोका ब’न्द हुने भन्दै केहि नेताहरु तथा विज्ञ ब्यक्तिहरुले आ’पत्ति जनाएका हुन्।

नेपाली भर्सनको पिडिएफ

संसदमा दर्ता भएको अनुदान सहायता सम्झाैतापत्र (मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)

Comments

comments

सम्बन्धित शीर्षकहरु