आफ्नै जन्मघर यति महँगोमा किनेका थिए प्रधानमन्त्री ओलीले

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्म दिन मनाउन जन्म घर तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर २ को इवा, पोखरीस्थित घरमा जाँदैछन्। यही फागुन ११ गते उनी ६८ वर्ष पुग्दैछन्। ६९ औं जन्म दिनलाई भव्य बनाउने तयारी इवा, पोखरीमा शुरु भइसकेको छ। यो जन्मघरमा जन्म दिन मनाउने ओलीको धोको पुरा गर्न भने त्यति सजिलो थिएन। धेरै वर्ष अगाडि ओलीका बाबु मोहनप्रसाद ओलीले यो घर र आफ्नो जग्गा बेचिसकेका थिए। उनीबाट त्यो जग्गा किन्नेले पनि अर्को व्यक्तिलाई बेचेका थिए। पछिल्लो पटक यो घर र जग्गा स्थानीय खगेन्द्र तामाङको स्वामित्वमा थियो। दुई वर्ष अगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घर र बारी किन्ने विचार गरेर मानिसहरुलाई खटाए। सो घर किन्ने काममा सहयोग गरेका एक व्यक्तिका अनुसार ओलीले दुई वर्ष अगाडि सो घर र केही जग्गा साढे १० लाख रुपैयाँमा किनेका हुन्।

ओलीले त्यहाँ प्रचलित मुल्यभन्दा पनि धेरै रुपैयाँ दिएर किनेको सहयोगीले बताए। उनका अनुसार गाउँमा ५ देखि ७ लाख बराबरको मूल्य चल्तीमा रहेको बेला खगेन्द्रले १० लाख रुपैयाँ मुल्य गरेका थिए। तर, ओलीले त्यसमा ५० हजार थपेर जग्गा किनेको सो जग्गा किन्दाका एक सहयोगीले बताए। त्यतिबेला ओलीले साढे २५ रोपनी जग्गा किनेका थिए। ओलीले सो गाउँमा थप २२५ रोपनी जग्गा किन्ने अन्तिम तयारी गरेका छन्। २५० रोपनी जग्गा किनेपछि आफू जन्मेको घरलाई संरक्षण गर्ने र जग्गामा पोलिटेक्निक इन्स्टिट्युट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइको छ।

यही फागुन ११ गतेको जन्मदिनका लागि आइतबार जिल्लाबाट सुरक्षा अधिकारी र पार्टीका नेताहरु इवा पोखरी पुगेका थिए। पार्टीका नेताहरुले त्यहाँ रहेको पोखरी उच्च माध्यमिक विद्यालयमा स्थानीयलाई भेला गरेर जन्मदिन भव्य मनाउनेबारे जानकारी दिएका छन्। साथै सोही दिन इवा, पोखरीलाई मदन भण्डारीको जन्म गाउँ ताप्लेजुङको ढुंगेसाँघु जोड्ने मोटरबाटोलाई पीच गर्ने कार्यको शिलान्यास गरिने जानकारी दिइएको छ। र सोही दिन साहित्यिक कार्यक्रमका लागि प्रज्ञा प्रष्ठिानका अधिकारीहरु पनि आउने माइकिंग गरेर जानकारी दिइएको छ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु