१७३ रोपनी जग्गा प्र’करणमा डा. बाबुराम भट्टराईलाई जे’ल हाल्ने तयारी

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन हुने भएको छ। भट्टराईले सत्तामा रहेका बेला शक्तिको दुरुपयोग गर्दै नेपाल ट्रष्ट मातहतको सो जग्गा नक्कली मोहीहरुका नाममा सार्न आदेश दिएका थिए। २०६९ साल कात्तिक २ गते नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा २ र ३ विपरीत सो जग्गा व्यक्तिका नाममा सार्ने निर्णय भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शनिबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममै पूर्वप्रधानमन्त्री भट्टराईको नाम उल्लेख नगरी ‘केही व्यक्तिलाई लाभ पुर्‍याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा ९४० को उपदफा २ र ३ विपरीत निर्णय भएको देखिन्छ’ भनेका थिए। ललितानिवास काण्डमा झैं मातातीर्थको जो जग्गाबारे पनि छानबीन हुने प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्।

१२ भदौ २०६८ देखि ३० चैत २०६९ सम्म प्रधानमन्त्री रहेका भट्टराईकै पालामा सो जग्गा नक्कली मोहीका नाममा सार्ने निर्णय भएको थियो। सो निर्णय भट्टराई नेतृत्वको मन्त्रीपरिषद्ले नै गरेको थियो।

क्याबिनेटबाटै निर्णय भएपछि मालपोत कार्यालय, कलंकीले ७ असार २०७० मा नेपाल ट्रस्ट जग्गाधनी रहेको काठमाडौंको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणको जग्गा व्यक्ति (मोही) का नाममा कायम गरेको गरिसकेको छ।

बाबुराम प्रधानमन्त्री भएका बेला नेपाल ट्रस्टको कार्यालय, बाागमती अञ्चल, काठमाडौंका नाममा रहेका विभिन्न ७८ कित्ता जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। तर नेपाल ट्रस्ट ऐन, २०६४ अनुसार ट्रस्टको नाममा रहेको जग्गामा स्वतः ट्रस्टको हक कायम हुने उल्लेख छ।

मालपोत कार्यालय कलंकीले व्यक्तिका नाममा सो जग्गा कायम गर्दा मन्त्रिपरिषदको ‘निर्णय अनुसार’ उल्लेख गरेको छ। सो जग्गाबारे निर्णय भएका बेला चन्द्रदेव जोशी भूमीसुधारमन्त्री थिए। जोशीलाई अ’ख्तियारले ललितानिवास प्र’करणमा पनि दो’षी ठ’हर्‍याउँदै विशेष अदालतमा मु’द्दा दा’यर गरिसकेको छ। तर स्वच्छ छवीका मानिएका जोशीले आफूसँग मु’द्दा ल’ड्न वकिललाई दिने पैसासमेत नभएको बताउने गरेका छन्।

बालुवाटार प्र’करणमै ‘मु’छिएका दिनेशहरि अधिकारी सो बेला भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव थिए भने जीतबहादुर थापा मालपोत विभागका महानिर्देशक थिए ।
(नेपालपाना)

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु