सन्दीपको ऐतिहासिक विश्व चकित हुने किर्तिमान : विश्वले भन्यो क्रिकेट बलर त यस्ता पो त !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । लेग स्पिनर सन्दीप लामिछानेले सानै उमेरमा ऐतिहासिक विश्व किर्तिमान राखेका छन् । टि ट्वान्टी क्रिकेटमा एक सय विकेट पुरा गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन् । शनिबार एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टि २० मा एक सय विकेट पुरा गरेका हुन् । यसपछि विश्वभरीका क्रिकेट प्रेमीहरुले क्रिकेट बलर त यस्ता पो त भन्दै प्रशंसा गरेका छन् । यो सानो उमेरमा सन्दीपले गरेको प्रगतीको विश्वभरी प्रसंशा भएको छ । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे । सन्दीपले करियरको सय विकेट पुरा गर्ने क्रममा नेपालबाट १८ खेलमा ३१ विकेट लिएका छन् । सन्दीपले यस सफलता ७५ खेलमा पुरा गरेका हुन् । सन्दीपले बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए ।

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिई सकेका शक्ति गौचनले ३१ टि ट्वान्टी खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टि ट्वान्टी खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् । सन्दिपले २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु