लमजुङमा चिनियाँद्वारा स्थानीय माथि ह’ति’यार सहित आ’क्र’मण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ। सरकारले कोरोना भा’इर’सको सम्भा’वित जो’खि’म रोक्न मुलुकभर लकडाउन लागू गरेको अवस्थामा लमजुङमा चिनियाँ नागरिकबाटै उल्लं’घन भएको छ । लकडाउनको समयमा चिनियाँ निर्माण कम्पनीले गाउँको बाटो भएर सामान ओसार–पसार गरेपछि सोमबार चिनियाँ नागरिक र स्थानीयबीच झ’ड’प भएको हो ।

स्थानीयले लकडाउन पूर्ण कार्यान्वयन गर्नका लागि गाउँ भित्रिने नाकामा लगाएका बार समेत भत्काएर चिनियाँ नागरिकले सामान भित्र्याएपछि सोमबार झ’ड’प भएको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ठुलोबेंसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरको निर्माणपक्ष चिनियाँ कम्पनीले गाउँको बाटो भएर सामान भित्र्याए पनि स्थानीय वि’रो’धमा उत्रिएका थिए । लकडाउनको उल्लं’घन गरेको भन्दै स्थानीयले वि’रो’ध जनाएपछि चिनियाँ नागरिकले स्थानीयमाथि हा’तपा’त गरेको स्थानीय करण थापाले बताए ।

‘सरकारले लागू गरेको लकडाउन कार्यान्वयनका लागि नाकामा लगाइएको बार भ त्काएर चिनियाँ कम्पनीले सामान ल्याउँदा स्थानीयले वि’रोध जनाएका हुन्,’ थापाले भने, ‘कोरोनाको सं’क्र’मण फैलिन नदिन हामीले सरकारको नि’र्देश’न पालना गरिरहेका बेला चिनियाँ कम्पनीले उल्लं’घन गर्‍यो ।’

सोमबार जल विद्युत आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीले टर्वाइन बोकेको २ वटा ट्रक भित्र्याएपछि स्थानीयले वि’रो’ध जनाएका थिए । चिनियाँ पक्ष स्थानीयमाथि जा’इलागेपछि झ’ड’प भएको उनले बताए । चिनियाँ आ’क्रम’णको वि’रोध’मा स्थानीय उ’त्रिएपछि चिनियाँहरु भा’गेको थापाले जानकारी दिए ।

स्थानीयको आ’क्रम’णबाट हाइड्रोपावरको एउटा लोडरमा क्ष’ति पुगेको चिनियाँ पक्षको दा’बी छ । कोरना सं’क्रमि’त मुलुक चीनबाट चिनियाँ कामदार गाउँ भित्र्याएको भन्दै स्थानीयले यसअघि पनि बि’रो’ध गर्दै आएका थिए । सरकारले निर्माणको काम रोकेर लकडाउन कार्यान्वयन गर्न आग्रह गरिरहेका बेला चिनियाँले अटेरी गर्दै गाउँलेलाई त्र’सि’त बनाएको स्थानीयको आ’रो’प छ ।

आयोजनाको टर्बाइनको सामन वीरगञ्जबाट पास ल्याएर सरोकार समिति र स्थानीयसँग समन्वयमा ल्याइएको आयोजनामा कार्यरत स्थानीय विष्णुराज घिमिरेले बताए । स्थानीय र चिनियाँ पक्षबीच झडप भएपछि घट’नास्थल पुगेको प्र’हरीले वि’वाद मिलाएको छ । लकडाउन खुलेपछि मात्र सामान कार्यस्थलमा लैजाने विषयमा स्थानीय र चिनियाँ पक्षबीच सहमति भएको जिल्ला प्रहरीका कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

प्रहरी नीरिक्षक पुनले भने, ‘उक्त ट्रक लकडाउन खुलेपछि स्थानीयसँग वार्ता गरेर मात्र आयोजना निर्माणाधिन स्थलमा लगिने सहमति भएको छ ।’ ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण चिनियाँ कम्पनी झि ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु