जान्नुहोस विश्वकै सबैभन्दा सानो कम्प्युटरको बारेमा

विश्वकै सबैभन्दा सानो कम्प्युटर कत्रो होला ? यो धेरैलाई कौतुहल हुन सक्छ । संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा आएको छ । यसलाई ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले बजारमा ल्याएको हो ।
भारतमा करबाहेक यसको मूल्य १५ हजार ५ सय पर्ने जनाईएको छ । यो पीसी आधुनिक इन्टेल अपोलो लेक एसओसी प्रोसेसर, ४ जीबी र्‍याम, ३२ जीबी ईएमएमसी एटोरेज र एचडीएमआई २.० को फिचर्समा छ । ४ के कन्टेन्ट प्लेब्याकलाई सपोर्ट समेत गर्दछ ।

ड्यूल नेटवर्क विकल्प, स्ट्यान्डर्ड आरजे ४५ लेन कनेक्टर, ८०२.११ एसीप्लस ब्लुटुथ, ४.१ वायरलेस कनेक्सनकोे सुविधा छ भने अनेक्टिभिटीको राम्रो विकल्प दिनेछ ।

यसको माइक्रो एसडी कार्डले स्लट १२८ जीबीसम्मको मेमोरी कार्डलाई सपोर्ट गर्नेछ ।

खल्तिमा बोकेर हिँड्न मिल्ने यो पीसीको तौल २ सय ६० ग्राम छ भने साइज ७०÷७०÷३१.४ एमएम रहेको छ ।

विल्डोज १० अपरेटिङ सिस्टममा चल्ने यसले प्रयोगकर्तालाई एकैसाथ दुई नेटवर्क विकल्पहरुमा सम्पर्कमा रहन अनुमति दिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु