काे’राेनाकाे केन्द्र बनेकाे भुल्केको जनजीवन क’ष्टकर बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाईघाट। भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अ’भाव हुँदा स्थानीयवासीको जनजीवन क’ष्टकर बन्न पुगेको छ। त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जो’खिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अ’भाव हुन पुगेको बताइएको छ। गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए।

उनले भने,“ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके। अब खानेकुरा छैन। अन्य स्थानीय गाउँलेको घरमा धान छ। गाउँमा मिल चल्दैन। घरमा तोरी छ। मिलमा लगेर पिसाउने अवस्था छैन। भएको नुन सकियो।”

स्थानीय कुमार भट्टराई अहिले आफूहरुले क’ष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे। उनी भन्छन्, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन। गाउँको पसलमा केही पनि छैन। बस्तुहरुलाई खुवाउने घाँस पनि छैन।”

आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताइन्। उनले भने, “खेतबारीमा मकै गोड्ने बेला भयो। ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौँ।”

गाउँको धान कु’ट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरिन्। सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ” त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु