१ कक्षा देखि कलेजसम्म फेलैफेल एसियाकै धनि ‘ज्याक मा’ का सफलताका १० सुत्र: पढ्नुहोस

अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान तथा चाइनाका चर्चित धनाड्य ५३ वर्षका ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति ४२.४ बिलियन डलर पुगेको छ ।

यहाँ ज्याकले सफलता हासिल गर्नुअघि भोगेका असफलताका सात श्रृंखलाको चर्चा गरिएको छ ।कुनै समय ज्याकले अंग्रेजी पढाएबापत महिनामा जम्मा १२ डलर कमाउने गर्दथे । त्यतिबेला पनि उनी आफ्नो पारिश्रमिकप्रति खासै असन्तुष्ट थिएनन् । कामका क्रममा उनी निरन्तर सफल भएका पनि होइनन् । कैयन पटक उनले असफलता पनि भोग्नु परेको थियो ।

१ स्कुलदेखि कलेजसम्म फेलैफेल

स्कुले जीवनमा पढाइका हिसाबले ज्याक त्यति अब्बल विद्यार्थी होइनन् । उनी प्राथमिक तहमा दुईपटक फेल भएका थिए । माध्यमिक तहमा ३ पटक र कलेजको इन्ट्रान्स परिक्षामा दुईपटक फेल भएका थिए ।

तर यसरी फेल हुनेमा ज्याक एक्लै कहाँ छन् र । अल्बर्ट आइन्स्टाइन, विन्स्टन चर्चिल अब्राहम लिन्कन जस्ता विश्वचर्चित हस्तिहरु पनि पढाईमा पटक–पटक फेल भएका थिए ।

२. १ सय २० पुर्णांकमा १ प्रतिशत अंक ल्याए

परिक्षामा फेल हुनु एउटा कुरा हो । तर कलेजको प्रवेश परीक्षामा १ प्रतिशतभन्दा पनि कम अंक ल्याउनु पिडादायी कुरा नै हो । यस्तो किन भएको थियो भने तयारीका लागि उनिसँग आवश्यक समय नै थिएन ।

ज्याक भन्छन्, ‘मेरो गणित राम्रो थिएन, र मैले अहिलेसम्म कहिले पनि म्यानेजमेन्टको अध्ययन गरेको छैन । साथै अहिलेसम्म पनि म एकाउन्टको रिपोर्ट पढ्न सक्दिनँ ।’

तर अर्बपति हुनको लागि उनलाई गणितमा राम्रो हुनै परेन । यति मात्र होइन, उनले आफ्नो बाल्यकालमा कम्प्युटर भन्ने शब्दसमेत सुनेका पनि थिएनन् होला ।

३. हार्भर्ड विश्वविद्यालयमा १० पटकसम्म अस्वीकृत

ज्याक १० पटकसम्म अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट रिजेक्टेड भएका थिए । तर उनले निवेदन दिन भने छाडेन् । उनी भन्छन्, ‘हामीमा हुनुपर्ने महत्वपुर्ण गुण भनेकै धैर्यता हो ।’

४. ३० वटा जागीरको अन्तवार्तामा फेल

उनले स्नातक तहको पढाई पुरा गरेपछि ३० वटाभन्दा बढि स्थानमा रोजगारीको लागि आवेदन दिएका थिए । तर हरेक अन्तवार्तामा उनलाई आयोग्य भन्दै फिर्ता पठाइएको थियो ।

तर उनले आफ्नो आश भने मारेका थिएनन् । उनले प्रहरी अधिकृत हुनको लागि पनि आवेदन दिएका थिए । तर उनलाई प्रहरी अधिकृतको जाँचमा एक दिन पनि राखिएन । उनलाई तीन शब्द मात्रै भनेर निकालिएको थियो ‘तिमी योग्य छैनौ ।’

५. केएफसीको अन्तर्वार्ता दिने २४ जनामा उनी एक्लो फेल

केएफसीले कामदारको खोजी गरेको थियो । त्यसका लागि ज्याक पनि अन्तर्वार्ता दिन गएका थिए । अन्तर्वार्ता दिनेमा उनीसँगै २४ जना थिए । २४ जनामा २३ जनालाई केएफसीले छान्यो । अन्तरवार्तामा उनी मात्रै फालिए ।

६. सिलिकन भ्यालीलाई अलिबाबामा आकर्षित गर्न असफल

अलिबाबाको विजनेश थालेपछि उनी पटक–पटक असफल भएका थिए । तीन वर्षसम्म त अलिबाबा नाफामा जानै सकेको थिएन ।

उनी भन्छन् ‘मैले अलिबाबा सञ्चालनका क्रममा १ हजार १ वटा गल्ति गरेको छु ।’

७. १८ जना पार्टनरमा कार्यकारी बन्ने क्षमताका कोही भएनन्

 

Comments

comments

सम्बन्धित शीर्षकहरु