सिस्नो स्वास्थ्यका लागि अति उत्तम भोजन

SHARE:
  • 2
  •  
  •  
    2
    Shares

काठमाडाैँ । सिस्नो अङ्ग्नेजीमा (Stinging nettle) भनिन्छ । नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने सिस्नो अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ ।

सिस्नोमा भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण सिस्नो उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको स्रोतले जनाएको छ ।

यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। अति मुल्यवान ‘गउडा चीज'(Gouda) र यार्ग (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसंख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन|खाद्यान्नको अभावमा गाउँघरमा दुई छाक खानाको जोहोगर्न नसक्नेहरूले खानाको रूपमा लिने गरिन्थ्याे ।

सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ । पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ संस्थाहरूको पनि लर्को लागेको छ । एजेन्सीकाे सहयाेगमा

Comments

comments

सम्बन्धित शीर्षकहरु