नेपाललाई थप चु’नौती : अब गु’माउन सक्छ वार्षिक २५ हजार खर्चालु पर्यटक !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अ’तिक्र’मण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ सडक खोल्यो । धार्चुला-लिपुलेक लिङ्क रोड नाम दिइएको यो सडक भारतको उत्तराखण्डस्थित पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ । यसले भारतीयहरूलाई नेपालको बाटोहुँदै कैलाश मानसरोवर यात्रा गराउने पर्यटन व्यवसायीमा चि’न्ता बढाएको छ । अहिले नेपालबाट प्रत्येक वर्षको मे महिनादेखि सेप्टेम्बर महिनासम्म करिब २० देखि २५ हजार भारतीयले मानसरोवरको यात्रा गर्छन् । मानसरोवर जान नेपाल आउने भारतीयहरू ‘ट्रान्जिट टुरिस्ट’ हुन् । जसले मानसरोवर यात्रको ३० देखि ६० प्रतिशत रकम नेपालमा खर्चने गरेको अनुमान छ ।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा)का निर्वतमान अध्यक्ष सीएन पाण्डे भारतले खोलेको बाटोबाटै मानसरोवरको यात्रा गर्न चीनले अनुमति दिए नेपाली पर्यटनमा दूरगामी क्ष’ति पुग्ने बताउँछन् । ‘यो वि’वादित मार्ग चल्यो भने हामीले पर्यटनको अफसिजन मानिने समयमा भारतबाट कैलाश जाने आउने ठूलो पर्यटक गु’माउँछौं,’ उनले भने, ‘मानसरोवर जाने यात्रीलाई लक्षित गरी थपिएका करोडौं लगानी सं’कटमा पर्छ ।’

यो वर्ष को’रोना ‘भाइरस (कोभिड-१९) को म’हामारीका कारण चीनले कैलाश मानरोवर जान अनुमति दिएको छैन । कोभिड-१९ ले नेपाल र भारत पनि प्रभावित भएकाले अहिले जान सक्ने अवस्था पनि छैन ।

लगानी डु’ब्ने र रोजगारी गु’म्ने चिन्ता

तर, भारतले खोलेको वि’वादास्पद बाटोले आगामी वर्षका लागि चुनौती थपिने नेपाली पर्यटन व्यवसायीहरू बताउँछन् । अहिले भारत र चीनबीच भएको सहमतिअनुसार करिब एक हजार जना मात्रै भारतको मार्ग भएर मानसरोवर जान पाउँछन् । तर, यो बाटो सहज छैन । त्यसैले ठूलो संख्यामा भारतीय पर्यटक नेपालको बाटो भएर जाने गरेका छन् ।

मुख्य रुपमा नेपालबाट दुई रुट भएर कैलाश मानसरोवर जाने गरिन्छ । नेपालगञ्ज वा सुर्खेत पुगेर हुम्लाको सिमीकोटसम्म विमानमा जाने र त्यहाँबाट हिल्सा -यारी) नाका हुँदै मानसरोवर पुग्ने सबैभन्दा बढी प्रयोग हुने रुट हो । नेपालबाट ल्हासासम्म विमानमा जाने र त्यहाँबाट सडक मार्ग भएर मानसरोवरसम्म पुग्ने अर्को रुट हो । यसबाहेक तातोपानी, केरुङ, कोरला भएर पनि सडकमार्गबाट मानसरोवरसम्म पुग्न सकिन्छ । तर, मुख्य रुपमा भारतीय पर्यटकले सस्ता, सजिलो र मनोरञ्जनात्मक हुने भएकाले नेपालगञ्ज-सिमीकोट-हिल्साको रुटलाई बढी प्रयोग गर्छन् ।

मानसरोवर जाने पर्यटकहरूलाई नै लक्षित गरेर अहिले नेपालगञ्जका होटलका लागि ठूलो लगानी भएको छ । पाँच तारे होटल समेत खुलेका छन् । हुम्लाकै सिमीकोटमा पनि एक रातमा एक हजार जनासम्म राख्नसक्ने होटलहरू खुलेका छन् । हिल्सामा पनि होटलहरू चलेका छन् ।

बाँकेको कोहलपुरमा सञ्चालित पाँच तारे होटल ‘होटल सेन्ट्रल प्लाजा’
तर, भारतले अहिले खोलेको वि’वादास्पद बाटो भएर मानसरोवर जान दिएमा उनीहरू नेपालगञ्ज वा सुर्खेतको बाटो आउने छैनन् । यसले नेपाली होटलहरूसँगै त्यहाँ कार्यरत श्रमिकहरूको रोजगारी समेत गु’म्ने अवस्था आउनेछ । त्यति मात्रै होइन, मानसरोवरको यात्रामा प्रयोग हुने नेपाली ‘क्रु’ -पथप्रदर्शक, भरिया, कुक लगायत)ले पनि आफ्नो पेशाबाट हात धुनुपर्ने जो’खिम छ । अन्यत्र पर्यटकीय चहलपहल नहुने सिजनमा मानसरोवर यात्रा हुने भएकाले धेरै पथप्रदर्शक भरिया र कुकका लागि यो मौसमी काम गर्ने गन्तव्य समेत बन्दै आएको छ ।

उड्डयन उद्योग र राजस्व पनि जोखिममा

नेपालहुँदै मानसरोवर जाने यात्रु घ’ट्दा हुम्ला-सिमीकोट हवाई रुटमा सेवा दिइरहेका वायुसेवा कम्पनी पनि प्रभावित हुने नाट्टाका निवर्तमान अध्यक्ष पाण्डे बताउँछन् । सिजनमा पर्यटक बोकेर हिल्साम्म पुग्ने नेपाली हेलिकोप्टरहरूले पनि आम्दानी गु’माउनुपर्नेछ । करिब ७ वटा हेलिकोप्टेर कम्पनीले मानसरोवर जाने यात्रु बोक्ने गरेका छन् । नेपालगञ्जबाट सिमीकोटमा विमानबाट आउजाउ गर्ने पर्यटकले करिब २५ हजार खर्चन्छन् । हेलिकप्टर चार्टर गर्नेले प्रतिव्यक्ति ४० हजारसम्म खर्च गर्ने गरेका छन् ।

व्यवसायीका अनुसार मानसरोवर जान आएका एक जना यात्रुले तीन हजारदेखि ४५ सय डलर -साढे ३ लाखदेखि साढे ५ लाखसम्म) खर्च गर्छन् । जसको ३० प्रतिशत रकम नेपालमा नै खर्च हुने अनुमान छ । हेलिकप्टरबाट यात्रा गर्नेले ६० प्रतिशतसम्म खर्च नेपालमै गर्ने गरेको व्यवसायीहरू बताउँछन् । ६० डलर नेपाल सरकारको खातामा ट्रेकिङ शुल्कबापत जम्मा हुन्छ । नेपालमा थुप्रै ट्रेकिङ तथा ट्राभल एजेन्सीको मुख्य आर्थिक स्रोत मानसरोवरका यात्रीहरू हुन् । त्यस्ता एजेन्सीहरूलाई पनि भारतले खोलेको नयाँ मार्गले प्रभावित गर्ने सम्भावना छ ।

मानसरोवर जान आएका भारतीयहरू कैलाश मात्रै पुग्दैनन्, हेलिकोप्टर चार्टर गरेर सगरमाथा आधार शिविर, मुक्तिनाथ र दामोदर कुण्ड शिविरसम्म जाने, ‘माउन्टेन भ्यु’ गर्ने, पशुपतिनाथसहित विभिन्न धार्मिक मठमन्दिरलगायतका अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्छन् । ‘मानसरोवर जाने भारतीय निकै खर्चालु पर्यटक हुन् । उनीहरूले यहाँ होटल, क्यासिनोलगायतमा पनि खर्च गर्छन्,’ पाण्डे भन्छन्, ‘जानुअघि केही दिन र गएर फर्किएपछि केही दिन नेपालमै रमाउँछन् ।’

व्यवसायीको प्रश्न-पूर्वाधारमा लगानी खोई ?

यस्ता महत्वपूर्ण पर्यटकहरू गु’म्न नदिन सरकारले उचित पहलकदमी लिनुपर्ने माग व्यवसायीहरूको छ । एसोसियसन अफ कैलाश मानसरोवर ट्राभल एन्ड टे्रेकिङ एजेन्ट अपरेटर्स नेपालका पूर्वअध्यक्ष तेन्जिन नोर्बु लामा नेपाल सरकारले पूर्वाधार निर्माणको काम यस्तै गतिले गर्ने हो भने ढिलो चाँडो मानसरोवर जाने सबै भारतीय यात्रु गु’माउनुपर्ने बताउँछन् ।

‘सन् १९९३ मा हिल्साको नाका खुलेको हो । तर, हामीले हिल्सा जोड्ने राम्रो सडक अझै बनाउन सकेनौं,’ उनले अनलाइनखबरसँग भने, ‘१९६० बाट तातोपानी खुलेको, त्यसको पनि हालत त्यही छ । त्यसैले सडक पूर्वाधार नै नबनाएपछि अरूले फाइदा लिन सहज छ ।’ सरकारले स्तरीय सडकमार्ग बनाए निजी क्षेत्रकै लगानीमा होटलहरू खुल्ने र पर्यटकीय गतिविधि झाँगिने उनको भनाइ छ । तर, अहिलेसम्म नेपालले भारतबाट बाटो नखुलेको लाभ मात्रै लिने तर आफू केही नगर्ने गर्दा भविष्य चु’नौतीपूर्ण हुने अवस्था आएको उनको बताए । ‘हाम्रो पूर्वाधार राम्रो भयो भने भारतीयले पनि हाम्रै बाटो रोज्न सक्छन्,’ उनले भने,’अब भारतले खुलेकै बाटोबाट गाडी चलाएर मानरोवर पुग्ने अवस्था आयो भने भारतीयहरू किन नेपाल आउलान् र ?’

नेपालले सडकमार्ग सुधार गरेर पर्यटकीय पूर्वाधार विकास गरे वर्षमा १० लाख भारतीय पर्यटक नेपालको बाटो भएर तिब्बतको कैलाश मानसरोवरसम्म जाने अवस्था आउने उनको विश्लेषण छ ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Comments

comments

सम्बन्धित शीर्षकहरु