नेपालको समर्थनमा अभिनेत्री मनिषा कोइरालाले यस्ताे ट्वीट गरेपछि भारतभर हंगामा, कसले के भने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । तर नेपालले आफ्नो अतिक्रमित भूमिसहित नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले त्यो बिषयले भारतभर भूकम्प ल्याइदिएको छ ।

यस्तै नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट भारतभर हं’गामा सुरु भएको छ । को’इरालाले नेपाललाई सपोर्ट गरेको उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा अश्लिलदेखि अपच हुने खालका कमेन्ट गरेका छन ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।

ट्वीटरका केही प्रयोगकर्ताले नेपाललाई चीनसँग सतर्क रहन सल्लाह दिएका छन् । एकजनाले लेखेका छन्, ‘नेपाल चीनसँग सतर्क रहनुपर्छ, नभए नेपालको पनि हालत तिब्बतको जस्तै होला ।’ यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘तपाईं आफ्नो ठाउँमा सही हुनुहुन्छ । हामी भारतीय पनि अब तपाईंहरुले झैं सोच्नेछौं ।’

नेपालको यो कदमलाई नरुचाएका अर्का एक व्यक्तिले लेखे, ‘नेपाल सधैं भारत वि’रोधी रहँदै आएको छ र उसको नजर सधैं भारतको भूमिमा छ । लिपुलेखजस्तो भारतको अभिन्न अंगमा जबर्जस्ती दाबी गरिनुले नेपालको तुच्छ मानसिकता दर्साउँछ ।’

कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै निकै गालीसमेत गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग । यसलाई भारतबाट लखेट । यसको फिल्म बहिष्कार गर । ’ यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’ ।’

यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्कार गर्न माग गर्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गरिरहनुभएको छ ? भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?’

तर उनका नेपाली फ्यानहरुले भने उनलाई उनको प्रशंसा गर्दै कमेन्ट र रिट्वीट गरिरहेका छन् । ‘मनिषाले आफ्नो भुमि रक्षाको सरकारले गरेका राम्रो कामको प्रशंसा गरी देस भक्ति देखाउंदा,बिचलित मानसिकता बोकि राग,द्वयस बोकि उनी प्रति नकारात्मक टिप्पणी गर्ने भारतियहरूले आफ्नो भुमि गुम्दाको पिडा कहिल्यै महशुस गेरेका छन?पेशा परिवर्तन गर्न सकिन्छ देस परिवर्तन गर्न सकिदैन।धन्यवाद मनिषा’ एक व्यक्तिले भनेका छन् ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु