‘मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन्’ – अभिनेत्री ऋचा शर्मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपालले लिम्पुयाधिरासहितको भूभाग आफ्नो रहेको बताउदै नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले भारतमा ह’लचल म’च्चिएको छ । नेपालको नयाँ नक्सा जारी भएपछि अभिनेत्री मनिषा कोईरालाले नेपालको प्रयास सकारात्मक भएको बताउदा भारतिय मिडियाहरु उनीमाथि नै खनिएका छन्। उनले ट्विटमा सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतीय मिडियाले उनलाई ‘खाते भारतका और गाते चीनका’ भन्दै तुच्छ गा’लीगलौ’ज गरेका छन्। नक्सा सार्वजनिकपछी मनिषाले दिएको अभिव्यक्तिको समर्थनमा यतिबेला नेपाली कलाकार एकपछी अर्को गर्दै आएका छन्।

यसैक्रममा चर्चित अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको बताएकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै उनले मनीषा बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेको र कसैको कृपा र परोपकारले उनी बलिउडमा नछाएको बताएकी छिन्। उनले लेखेकी छिन् – चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट ह’राउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन्।

प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दु’त्कार्दैन। म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।

तर, म भारतीय मिडियालाई दो’ष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भ’ड्काउने नारा बेच्छन्। #IamWithManishaKoirala #iamwithprimeminister

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु