म सहित सबै वि’पक्षी, मनिषा र भारतसँगै विश्वकै सैनिक सरकारको पक्षमा छन् भारतले बुझोस् : गगन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री गगन कुमार थापाले आफु सरकारसँगै भएको बताउँनु भएको छ । उहाँले भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी घरभित्रका अनेकन विषयका बीचमा मतभिन्नता भए पनि देशको सी’मा र स्वाभिमानको विषयमा सबै एक ठाउँमा भएको बताउनु भएको हो । सामाजिक सञ्जालमार्फत नेता थापाले यस्तो सन्देश दिनु भएको हो । उहाँले लेख्नु भएको स्टाटस तल हेर्नुहोस्, भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँस् । घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन् ।

तर, देशको सी’मा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म, सडकदेखि सदनसम्म, मधेसदेखि हिमालसम्म, देशभित्र रहेका वाहिर रहेका सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छौं लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो भूमि हो । ह’स्तक्षेप बन्द गर। हाम्रो भूमिबाट फिर्ता जाऊ, हाम्रो सार्वभौमिकताको सम्मान गर। कु’टनीतिक मर्यादाको ख्याल गर। अनि मात्र हाम्रो मित्रताको अर्थ रहन्छ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु