भारतलाई ट’क्कर दिने यो हो नेपालकै दु’र्लभ कार्यक्रम, जसले नेपालको विषयलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका राख्छ [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतले नेपालका वि’रुद्धमा गरिएको कु’प्रचारका विषयमा टक्कर दिन नेपाली मिडियामा पनि ज’वरजस्त कार्यक्रम प्रशारण गर्नुपर्ने आवश्यकता महशुष गरिएको छ । अन्तराष्ट्रिय फोरममा नेपालका वारेमा सहि सूचना दिने एउटा शसक्त माध्यम मिडिया र सामाजिक सञ्जाल पनि हो । तर त्यसको राम्रो सदुपयोग हुन सकेको छैन । यसैबीच नेपालका सञ्चार विज्ञ भानुभक्त आचार्यले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टटास लेख्दै नेपाली मिडियामा अंग्रेजी भाषामा सान्दर्भीक समाचार र सामग्री प्रशारण गर्नुपर्ने विचार राखेका छन् ।

उनले रवि लामिछानेले विहिवार गरेको कार्यक्रमको प्रशंसा गर्दै अन्य मिडियाले पनि अन्तराष्ट्रिय भाषा अंग्रेजीमा यस्ता कार्यक्रम सञ्चालनको आवश्यकता औल्याएका छन् । उनले लेखेका छन्, को’रोनाको क’हरबीच नेपाली पत्रकारले नेपाल–भारतको द्विपक्षीय सवालमा विभिन्न स्वदेशी–विदेशी विद्वानहरुलाई जु’टाएर गरेको यो एउटा दुर्लभ छलफल कार्यक्रम हो । रवि लामिछानेले सधैं नेपाली भाषामा प्रस्तुत गर्ने ूसीधाकुरा जनतासँगू कार्यक्रमलाई विषयवस्तुको अन्तर्राष्ट्रियकरणका लागि अंग्रेजीमा चलाएका छन । नेपालका तीनजना र भारतका एसडी मुनी सहित तीनजना विद्वानहरुलाई नेपाल–भारत सी’मा वि’वाद विषयक बहसमा सहभागी गराएका छन् ।

विगतमा पनि विदेशी पाहुनाहरुलाई नेपाल आएका बखत वा पत्रकारहरु नै कुनै सिलसिलामा विदेश गएका बेला विभिन्न मु’द्दामा अंग्रेजीमा अन्तर्वार्ताहरु नलिइएका होइनन् । त्यस्तै इन्टरनेटको प्रयोगबाट विदेशमा रहेको वक्तालाई नेपाली टेलिभिजनमा बोल्न लगाइएको पनि पहिलो पटक होइन । तर, नेपाल–भारत सी’मा वि’वाद होस् वा २०७२ को भु’इँचालो होस् वा चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नै किन नहोस् । यस्ता विषयलाई भारतीय मिडियाले ‘पिप्ली लाइभ’ शैलीमा जसरी तथ्यहीन आ’रोपहरु लगाउँदै नेपालको छवि ध’मिल्याउने प्रयास गरेका छन् । त्यो आ’रोपको भू’मरीलाई चि’र्न पनि नेपाली टेलिभिजनमा अंग्रेजी भाषामा समाचार मात्रै होइन, विभन्न छलफल र ब’हसहरु सञ्चालन गरिनु आवश्यक छ ।

भारतका केही टेलिभिजन च्यानलहरुले मोदी सरकारको प्रवक्ताभन्दा पनि बढी जस्तो गरेर नेपाल र नेपालीका लागि घृ’णित शब्द र अफवाहहरु फैलाइरहेका छन् । यस्तो बेलामा अंग्रेजीमै तथ्यपरक, शालीन र शीर्ष छलफलहरु चलाउन सकियो भने विषयवस्तुको अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्छ । भारतीयलाई नै विषयवस्तु बुझाइ त्यहाँको सरकारलाई सकारात्मक पहलका लागि द’बाब दिन सकिन्छ । विदेशीहरुका लागि पनि अंग्रेजी भाषामा सम्बन्धित देशका विज्ञहरुलाई राखेर गरिएका यस्ता कार्यक्रमले निकै अर्थ राख्छ ।

२०७२ को भु’इँचालोका बेला हाम्रा मिडियाहरुमा पनि क्ष’ति पुगेकाले पर्याप्त तयारीका साथ यस्ता कार्यक्रमहरु गर्न सकिएन । परिणामस्वरुप, भारतीय मिडियाले जे भने, अन्तर्राष्ट्रिय जनमत पनि त्यसैअनुसार बन्दै गयो । अन्ततः नेपालबाट #GobackIndianMedia भन्ने अभियान नै चलाउन पर्यो । बुद्ध नेपालमा जन्मेका हुन् भनेर पुष्टि गर्न नेपालीहरुको निकै श्रम, पसिना, ऊर्जा, समय, बजेट खर्च भएको छ । तर, भारतले लुम्बिनी नजिकै भारतपट्टि अर्को कपिलवस्तु खडा गरेर न’क्कली लुम्बिनी बनाइरहेको छ । हामीले चि’च्याएको विश्वले अझै सुनेको छैन । धेरै देशमा अहिले पनि बुद्ध भारतका राजकुमार थिए भनेर पढाइ हुन्छ ।कहिले सगरमाथा चीनले मेरो मात्रै हो भन्दिन्छ, कहिले कञ्चनजंघा भारतमा पर्छ भनेर भारतीय मिडिया फलाक्दै हुन्छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु