ओलीलाई ‘अ’ल्पज्ञानी’ भन्ने बाबुरामलाई रामेश्वरले दिए क’डा जवाफ ! ओली तीनछक,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद बैठकबाट लिम्पियाधुरासमेत समेटेर नेपालको नयाँ नक्सा पारित गरेपछि जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ट्वीट गर्दै ओलीलाई ‘अल्पज्ञानी ‘को संज्ञा दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्,-‘प्रम केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा उहाँमा आफ्ना क’मीकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन ।


को’रोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अ’ल्पज्ञान र अ’हंकारको भ’यंकर क’कटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अ’कंटक कुशासन चलाउने र देशलाई ब’र्बादीमा लैजाने बुझियो ।’ बाबुरामको ट्वीटले सामाजिक सन्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन्।

पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुरामलाई जवाफ दिंदै ट्वीट गरेका छन्- ‘एउटा कुरा के बुझियो भने अरुलाई अल्पज्ञानी भन्ने मान्छे स्वयम अल्पज्ञानी हुने हुँदो रहेछ। तर आफु अल्पज्ञानी भएको भेउ पाउँदैन। यो बुझेपछि म अल्पज्ञानी छु भनेर सोच्दा आनन्द आयो’

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Comments

comments

सम्बन्धित शीर्षकहरु