प्रहरीचौकी भएकै गाउँमा बीओपी ! स्थानीय भन्छन्– छाङरुमा हाेइन, कौवामा राखौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

८ जेठ, काठमाडौं । नेपाली भूमि अति’क्रमण गरेर भारतले मानसरोवर जाने सडक बनाएको विषयमा वि’रोध भइरहँदा नेपालले व्याँस–१, छाङरुमा राखेको बोर्डर आउट पोस्ट (बीओपी) को व्यापक चर्चा भयो । जब कि, त्यहाँ पहिल्यैदेखि नेपाल प्रहरीको चौकी छ । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल त्यस क्षेत्रमा २०३० को दशकदेखि नै नेपालको उपस्थिति रहेको बताउँछन् । सीतापुल र तिङ्करमा पहिलेदेखि नै प्रहरी चौकी छ ।

२०३८ सालमा दार्चुलाको प्रमुख जिल्ला अधिकारी रहेका ढुंगेल छाङरुमा २०३४ कात्तिकदेखि नै प्रहरी चौकी रहेको बताउँछन् । ‘बीओपी स्थापनाको वि’रोध गर्न खोजेको बि’ल्कुलै होइन । तर, त्यहाँ पहिलोपटक नेपालको सुरक्षा पोस्ट पुग्यो भन्नु झूट हो’, डा. ढुंगेल भन्छन्, ‘त्यसो भन्नु भनेको त्यस क्षेत्रमा काम गरिसकेका सुरक्षाकर्मी र कर्मचारीको अनादर हो ।’ नेपाली भूमि अति’क्रमण गरेर भारतीय सुरक्षाकर्मी बसेको का’लापानीभन्दा करिब १३ किलोमिटर पूर्वको गाउँ हो, छाङरु ।

‘बीओपी कौवामा राखौं’

सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली (काली) नदी नै नेपाल र भारतको सीमा हो । सीमा सम’स्या समा’धान हुनुअघि नेपालले कौवामा बीओपी राख्नुपर्ने ब्याँसवासीको माग छ । ब्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहरा स्थानीयले पहिलेदेखि नै कौवा चौरमा चौकी राख्न माग गर्दै आएको बताउँछन् । उनका अनुसार, सीतापुलबाट करिब सात किलोमिटर पश्चिमा पर्ने कौवामा तीन सय रोपनी जति क्षेत्रफलमा फैलिएको चौर छ ।

‘नेपाली सुरक्षा निकायको लागि त्यो चौर निकै उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ’, उनले टेलिफोनमा भने । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका दिलेन्द्रप्रसाद बडू पनि कौवा क्षेत्रमै बीओपी राख्नुपर्नेमा जोड दिन्छन् । नेपाली सुरक्षाकर्मीलाई आवश्यक सबै सुविधा उपलब्ध गराएर कौवामा बीओपी राख्नुपर्ने उनको माग छ ।

‘भारतले कालापानीमा जसरी आफ्नो फौज राखेको छ, हामीले त्योभन्दा बढी सुविधासहित हाम्रो सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने देखिन्छ’ बडू भन्छन्, ‘धेरै उचाइमा रहेकाले पनि कौवाबाट सीमा निग’रानी गर्नु उपयुक्त हुन्छ ।’

स्थानीयलाई भोकमरीको चिन्ता

विनाबर्दीका सीमा रक्षकको भूमिकामा रहेका छाङरु र तिङ्करवासीलाई यो साल खाद्यान्नको समस्या हुने देखिएको छ । अघिल्ला वर्षहरूमा जस्तै हिउँदको जाडो छल्न जिल्ला सदरमुकाम खलंगा झरेका उनीहरू यो पटक खेतीपातीका लागि वैशाख पहिलो साता गाउँ फर्कन सकेनन् । ‘जेठको पनि पहिलो साता बितिसक्यो, लकडाउनले गर्दा माथि जान पाएका छैनौं’, वडाध्यक्ष बोहरा भन्छन्, ‘बाली लगाउन नपाएपछि भोकमरी लाग्ने चिन्ता बढेको छ ।’

उनका अनुसार यसपटक सीमा वि’वाद च’र्केका कारण भारतको बाटो भएर जान पाइने सम्भा’वना पनि कम छ । नेपालतिर बाटो नै छैन । ‘हामी सीमावा’सी दोहोरो, तेहोरो समस्यामा छौं’, वडा अध्यक्ष बो’होरा भन्छन्, ‘हाम्रो सरकारले पनि सडक बनाए आर्थिक विकाससँगै सीमा सुरक्षामा बल पुग्थ्यो ।’

बीओपीमा रहने सुरक्षाकर्मीलाई छ महिना पुग्ने खाद्यान्नसहितका मालसामान हेलिकप्टरबाट छाङरु लगिएको छ । ब्याँसवासीलाई पनि यसपटक खाद्यान्न सहयोग आवश्यक पर्ने बोहोराले बताए । सांसद बडुका अनुसार, सरकारले खाद्यान्न सहयोग नपुर्‍याए यसपटक ब्याँसका कम्तिमा १७२ परिवार भो’कै पर्ने अवस्था छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम 

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु  ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु  हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु