नेपालले नयाँ नक्सा जारी गरेपछि कालापानी क्षेत्रमा भारतले अचानक बढायो हवाई गस्ती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।

भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एक–दुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२–१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।

धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’

पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्‍याउने गरिएको थियो । बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन् । भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ । यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो । यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार निर्माणका मेसिन र बढी मात्रामा हातहतियार लैजानुपरे माथिबाटै सिधै हेलिकप्टर नेपाली भूभाग गुन्जीमा अवतरण हुन्थ्यो । भारतले उक्त क्षेत्रको सबैभन्दा ठूलो हेलिप्याड गुन्जीमै बनाएको छ । त्यहाँबाट कालापानीलगायत अन्य भारतीय सुरक्षा पोस्टमा सामान ढुवानी हुने गरेको छ ।

भारतले व्यासतर्फको क्षेत्रमा सुरक्षाकर्मीको संख्या पनि बढाएको छ । पिथौरागढबाट सिधै हेलिकप्टरमार्फत सुरक्षाकर्मी कालापानी क्षेत्रमा पठाएको उक्त क्षेत्रमा काम गर्ने नेपालीलाई उद्धृत गर्दै स्थानीय दलजित कुँवरले बताए । भारतले गुन्जीदेखि कालापानी र लिपुलेकसम्म भारत–तिब्बत पुलिस (आईटीबीपी), भारतीय सेना, सीमा सुरक्षा बललगायत ६ वटा सुरक्षा अंग राखेको छ । कान्तिपुर दैनिकबाट लिइएको हो ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम 

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु  ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु  हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु