भ्र’ष्टाचारीबि’रुद्ध प्रधानसेनापति थापाको कठोर कदम, स’मातिए जर्नेल र कर्नेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई आर्थिक अ’नियमितता गरेको अ’रोपमा सैनिक हि’रासतमा लिइएको छ । सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई छानबिनको लागि सैनिक हि’रासतमा लिइएको जानकारी गराइएको हो । प्रमाण न’ष्ट नहोस् र छानबिनमा सहज होस् भन्नका लागि उनीहरु दुवैलाई सैनिक हि’रासतमा राखिएको जानकारी गराइएको छ ।

दुई वर्ष अगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अ’नियमितता गरेको आ’रोप राणा र सिलवाललाई सैनिक हिरासतमा लिइएको हो । उक्त समयमा महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए ।

त्यस्तै सिलवालले भने उनका मातहतमा काम गर्ने गर्थे । अहिले यो विषयमा सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ् इन्क्वायरी गठन गरी छानबिन भइरहेको जनाइएको छ । उनीहरुको छानबिन अन्तिम चरणमा पुगेको र केही दिनमा सैनिक समरी अदालतले फैसला गर्ने पनि जनाइएको छ ।

राणा र सिलवाललाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हि’रासतमा राखिएको छ । यसै विषयमा अन्य १२ जना अधिकृतहरुसँग पनि बयान लिएको र १ जना सुवेदार मेजरलाई पनि थु’नामा राखिएको जानकारी गराइएको छ ।

शुक्रबार मात्रै पनि सेनाले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अ’नियमितता गरेको ठहर भएपछि महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जालाई का’रबाही गरेको थियो । प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाभित्र आर्थिक अनुशासनकायम गराउने घोषणापछि समातिएका राणा सेनाका सवैभन्दा उच्च तहका अधिकृत हुन् ।

प्रधानसेनापति थापाको यही अभियानका कारण शुक्रवार मात्रै महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट ब’र्खास्त गर्दै जे’ल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने र उनले गरेको अ’नियमतताको रकम समेत असुल उपर गर्ने निर्णय सैनिक अदालतले गरेको छ।

नेपाली सेनाकाे नेतृत्व सम्हालेपछि प्रधानसेनापति थापाले भ्र’ष्टाचारलाई उल्टाउने क’डा नीति अ’ख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बि’रुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको घोषणा गरेका थिए ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Comments

comments

सम्बन्धित शीर्षकहरु