बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा रु १० करोड कमी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घा’टा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट रु एक करोड ५७ लाख आठ हजार ७३०, विशेष पूजाबाट रु दुई करोड २५ लाख ७९ हजार ५०० बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

चन्दाबाट रु दुई लाख ७२ हजार ९१७, पार्किङबाट रु दुई लाख ९९ हजार ९३५, गुठी जग्गाबाट हुने आम्दानीमा रु एक करोड ३२ लाख ९५ हजार ८६८, पर्यटक प्रवेश शुल्कबाट रु एक करोड दुई लाख ८२ हजार, क्रियापुत्री सेवाबाट रु १२ लाख ७५ हजार ४६१, तिलगङ्गा धर्मशालाबाट रु चार लाख ३९ हजार २३४, विद्युतीय श’वदाहगृह सञ्चालनबाट रु १० लाख ८६ हजार ७५० कोषलाई घा’टा लागेको उहाँले बताउनुभयो ।

अन्य शीर्षकमा समेत गरी अनुमानित रु १० करोड छ लाख ७२ हजार ६३९ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।

घा’ट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । का’रोनाको स’ङ्क्रमणबाट उपत्यकामा नि’धन भएकाको श’वदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर सम’स्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु