बा,ढीले तीनव,टा सवा,रीसा,धन ब,गायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आइतबार बिहान लेन्दी खोलामा आएको बाढीले तीनवटा सवारीसाधन बगाएको छ। रसुवागढी नाकानजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह नि[‘र्माणका लागि प्रयोग गरिएको टिपर, जेसिबी र लोडर बगाएको हो। आइतबार बिहान ३ बजेतिर आएको बाढीले कामदार बस्ने घरको पछाडिको भागसमेत क्षति गरेपछि तत्कालै कामदारलाई सुरक्षित स्थानमा सारिएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २१, राजस्व भन्सार गस्ती सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाको नेतृत्वमा खटिएको ४५ सदस्यीय टोलीले ११ जना कामदारलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो। साथै त्यहाँ रहेका अन्य ६ वटा सवारी साधनलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। बन्दरगाह निर्माणस्थलमा रहेका ३ वटा लोडर, २ वटा जेसिबी र एउटा मिक्चर सुरक्षित स्थानमा सारिएको हो।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु