लकडाउनको अवधिमा धमाधम यसरी बढदै, अण्डाको मूल्य हेर्नुहोस अहिले कति ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अण्डाको माग बढेपछि अण्डा उत्पादक संघले मूल्यवृद्धि गरेको छ । लकडाउन खुकुलो भएसँगै अण्डाको माग बढेको तर उत्पादन कम भएकोले मूल्यमा वृद्धि गरेको बताइएको छ । संघले बैशाखदेखि हालसम्म तीनपटक अण्डाको मूल्यवृद्धि गरिसकेको छ । २८५ रुपैयाँ पर्ने क्यारेटको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३०५ रुपैयाँ पुर्याएको छ । लकडाउनको शुरुवातमा प्रति क्यारेट २४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो । लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ ।

किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको क्यारेट उपभोक्ताको भन्सासम्म पुग्दा ३५० देखि ३६० सम्म पर्ने भएको छ । संघका महासचिव प्रविण केसीले कुखुरा उत्पादन कम भएको कारण अण्डा उत्पादनमा पनि कमी आएको छ तर लकडाउन खुकुलो भएसँगै दिनदिनै अण्डाको माग बढी रहेको बताए । माग भए अनुपातमा अहिले अण्डाको उत्पादन छैन ।

‘अहिले दैनिक १८ लाख वटा अण्डा मात्र उत्पादन भइरहेको छ भने माग २५ लाखभन्दा बढी रहेको छ,’ उनले भने, ‘उत्पादन भन्दा माग बढी रहेको हुनाले अण्डाको मूल्यमा वृद्धि भएको हो । यस्तै अवस्था रह्यो भने अण्डाको मूल्य अझै बढ्न सक्छ ।’

नेपाल अण्डामा आत्मनिर्भर रहेको घोषणा गरेको छ । तर यस्तै अवस्था रह्यो भने परनिर्भर रहने सम्भावना पनि बढ्दै गइरहेको व्यपारीहरु बताउँछन् । यद्यपी भारतलगायतका देशबाट लुकिछिपी आउनेबाहेक अण्डा अयातमा पूर्णरुपमा बन्देज लगाइएको छ ।

मूल्यवृद्धि गर्दा पनि अहिले किसानले लागतमूल्य भन्दा घाटामा अण्डा बेचिरहेको उनले दावी गरे । किसानले एउटा अण्डामा एक रुपैयाँ १६ पैसा घाटामा अण्डा बेच्दै आइरहेको उनले दावी गरे ।

फर्महरुमा कुखुरा नै छैन । लकडाउन शुरु भएपछि दानाको अभाव भयो । दाना नपाएर कुखुरा उत्पादनमा स’मस्या भयो । कुखुरा र त्यसका चल्ला नै कतिपय ठाउँमा गाड्ने अवस्था आयो । बाँकी रहेका कुखुराले पनि पर्याप्त दाना खान पाएन जसले अण्डा उत्पादनमा कमी हुन शुरु भएको उनले बताए । ‘अहिले कुखुरा नै छैन अनि अण्डा कहाँबाट आउनु,’ उनले भने ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु