असार १६ गते पछि एमसीसी स्वतः खारेज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। सडकदेखि सदनसम्म विरोध, चर्चा र बहसको केन्द्र भागमा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को भविश्य संकटका परेको छ । यही असार १६ गते भित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने डेटलाइन भएपनि संसद बैठक १७ गते मात्रै बस्ने भएकोले एमसीसीको भविश्य संकटमा परेको हो।

भिडियो हेर्नुहोस

एमसीसीको बजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद असार १६ गतेको समय दिएको थियो । त्यो सममा एमसीसीलाई संसदले अनुमोदन नगरे स्वतः खारेज हुनेछ । एमसीसीलाई लिएर सत्तारुढ (नेकपा) भित्रै नेताहरु विभाजित छन् । कार्यकारी अध्यक्ष प्रचण्ड एमसीसीलाई अहिलेकै अवस्थामा स्वीकार गर्न नसकिने पक्षमा छन् । त्यसैगरी वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पनि एमसीसी देश हितविरुद्धमा भएको बताउँदै आएका छन्।

पार्टीले खनालको नेतृत्वमा गठन गरेको कार्यदलले पनि अहिलेकै अवस्थामा स्वीकार गर्न नसकिने सुझाव दिएको छ । कार्यदल सदस्य तथा प्रभावशाली नेता भीम रावल, प्रमुख सचेतक देव गुरुङ, स्थायी समिति सदस्य लिलामणी पोखरेललगायतका नेताहरु कुनैपनि हालतमा एमसीसी हुबहु पारित गर्न नहुन पक्षमा छन्।

बुधबार बसेको स्थायी समिति बैठकले एमसीसीबारे निर्णय गर्ने भनिएको थियो तर दुबै अध्यक्षको घोचपेच पछि बैठक शुक्रबारसम्मको लागि स्थगित । त्योसँगै एमसीसीको भविश्य थप धरापमा पर्यो । त्यो भन्दा पहिलो दिन पनि ओली, प्रचण्ड र उपाध्यक्ष गौतमबीच एमसीसीबारे छलफल भएको थियो तर कुनै निर्णयमा पुग्न सकेनन् । एमसीसी खारेजीको लागि विप्लव नेतृत्वको नेकपासहित साना दलहरु पनि सडकमा ओर्लिएका छन् । सबै क्षेत्र र पेशाकर्मीहरु पनि एमसीसीको विपक्षमा उभिएका छन् । जसका बाबजुद पनि सरकारले अनुमोदनको लागि जोडबल गरिरहेको छ।

विगत एक वर्षदेखि संसद कार्यसूचीको लागि लाइनमा बसेको एमसीसीको पाला असार १६ गते आउने धेरैले विश्वास लागेको थियो । तर, सभामुखले अग्नी सापकोटाले त्यो टारिदिए । यसअघिको सभामुख कृष्णबहादुर महराको पनि एमसीसीकै कारण बिदाई हुनु परेको चर्चा पनि अझैपनि छ।

एमसीसी असार १६ गते पनि अनुमोदन नहुने भएपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई टोलिफोन समेत गरेका छन् । मन्त्री ज्ञवालीले एमसीसी अुनमोन गर्ने आफूहरु लागिपरेको बताएको बताइएको छ । अमेरिकी सैन्य रणनीतिको अंगको रुपमा रहेको एमसीसीसँग नेपालले सन् २०१७ मा सम्झौता गरेको थियो । तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको सम्झौताले नेपालका सार्वभौमिकतामाथि नै धावा बोलेको छ । करिब ५० करोड अमेरिकी डलर रकम सहयोग गर्ने योजनामा अमेरिकी सेना नेपाल उपस्थिति हुने विज्ञहरु बताउँछन्।

संसद बैठक १७ गते मात्रै बस्ने, सत्तारुढ (नेकपा) भित्र एमसीसीकै कारण सरकार परिवर्तनसम्मका प्रयास, अर्थमन्त्रालयका केही अधिकारीहरुले एमसीसीको म्याद थप्न नहुने भन्दै अडान लिइरहेको बेला एमसीसीको भविश्य संकटमा परेको छ । यस्तै अवस्थामा एक दुई मात्रै रह्यो भने एमसीसी स्वत खारेज हुनेछ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु