बेलायतबाट ८३ जना नेपाली स्वदेश फर्किए, धेरै नेपाली भाडा महँगो भयो भन्दै आउने मन गरेनन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लण्डन । विभिन्न कारणले बेलायतमा आएर को’रोना सं’क्रमणका कारण रोकिएका नेपालीहरु आज दोस्रोपटक चार्टर फ्लाइटबाट नेपालका लागि उडेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब ८३ जना नेपालीहरु बेलायतको ग्याटवीक एअरपोर्टबाट शुक्रबार दिउँसो नेपालका लागि उडेका हुन् । नेपाली राजदूतावास लन्डन र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा जजिरा एयरलाइन्सको उडानबाट प्राथमिकताका आधारमा यसअघि पनि १ सय ४६ जना नेपालीहरुलाई स्वदेश फ़र्काइसकिएको छ ।
भिडियो हेर्नुहोस

करिब ५ सय जना नेपालीहरुले स्वदेश फर्किन आवेदन दिएको भएपनि प्लेन भाडा महँगो भएका कारण धेरैले मनस्थिति परिवर्तन गरेको गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । नेपाल फर्कनेहरुको विदाइका लागि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतिय सचिव तेजेन्द्र रेग्मी, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, जजिरा एयरवेजका लागि नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेन लगायत बेलायतस्थित सामाजिक संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए ।

दुईवटा फ्लाइटबाट २ सय २९ जना नेपालीलाई नेपाल पठाउन सफल भएकोमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले खुसी व्यक्त गरेका छन् ।उनीहरु शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान नपाएका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुले नपाल फर्किनेको सूचीमा नाम दर्ता गराएका थिए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु