अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेनालाई सहभागी गराउने सरकारको रणनीति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : नेपाली सेनालाई नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहभागी गराउने रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने र त्यसका लागि कार्ययोजना बनाइने रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाली सेनाले यस विषयमा हालसम्म पत्राचार नभएको जनाउँदै सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई आफूले सहयोग गर्दै आएको जनाएको छ।

अवकाशप्राप्त एक सैन्य अधिकारीले सीमा सुरक्षाका लागि सहयोगी भूमिका नेपाली सेनाले निर्वाह गर्न सक्ने भए पनि प्राथमिक दायित्व अर्धसैनिक संरचनालाई दिइनुपर्ने बताएका छन्। नेपालको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपाली सीमा रेखाभित्र राखेपछि नेपाल र भारतबीच सीमा वि’वाद चर्किएको छ। यही समयमा सीमामा सेनालाई खटाउने विषय सार्वजनिक भएको हो।

दुई साता अघि राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आगामी तीन वर्षको मध्यकालीन खर्च संरचनामा नेपाली सेनालाई अन्त र्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटिएको थियो । उक्त प्रावधानलाई रक्षा मन्त्रालय अन्तर्गत विक्रम संवत् २०८० भित्र कार्यान्वयनमा ल्याइने रणनीतिका रूपमा राखिएको छ।

त्यसबारे उक्त दस्तावेजमा लेखिएको छ “नेपाली सेनालाई मुलुकको अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा, नदी, खानी, वनजङ्गल र प्रकृति संरक्षण कार्यमा सहभागी गराउने तथा ठूला एवं रणनीतिक महत्त्वका विकास आयोजनाहरूको सम्भाव्यता अध्ययन गर्दा राज्यको सुर क्षामा पर्ने प्रभावबारे सुरक्षा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गर्ने।” रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्तबहादुर सुनारले संविधानले तोकेको व्यवस्था अनुसार नै उक्त रणनीति आएको बताए।

उनले भने, “संविधानको धारा २६६ मा सुरक्षा परिषद् रहने र २६७ मा नेपाली सेनासम्बन्धी व्यवस्था गरिएको छ जसमा सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने, राष्ट्रिय एकता एवं स्वाधीनता अक्षुण्ण राख्ने,विपद् व्यवस्थापन र विकास निर्माणमा खटाउन सकिने जिम्मे वारी दिइएको छ। दुई वर्षअघि आएको सुरक्षानीतिमा पनि यस्तै व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्नका लागि यस्तो रणनीति बनाइएको हो ।” उनले भौगोलिक अखण्डता रक्षा गर्ने जिम्मेवारी सेनाको भएको भन्दै अन्तर्राष्ट्रिय सीमाको सुरक्षाको विषयमा नेपाली सेना र रक्षा मन्त्रालयले कार्ययोजना बनाएर काम गर्ने बताए। बीबीसी नेपालीबाट

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु