नायिका पुजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ भनेपछि …

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ। नायिका पूजा शर्मा अहिले सामाजिक संजालमा ट्रोलको शिकार बनेकी छिन । एक अन्तर्वार्तामा पूजा शर्माले नेपालमा ७२ वटा प्रदेश र १४ जिल्ला छन् भनेपछि उनको ट्रोल बन्न थालेको छ।

भिडियो हेर्नुहोस

प्राईम टाइम्सको एक कार्यक्रममा प्रस्तोता प्रकाश सुवेदीले लिएको अन्तर्वार्तामा पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ जस्तो लाग्छ भनेकी छिन् । प्रकाश सुवेदीले कति वटा प्रदेश र जिल्ला छ भनेर प्रश्न गर्दा पूजा अक्मकिदै हाँस्दै जवाफ दिएकी छिन् र आफूले गलत जवाफ दिएकी भन्ने भान पर्दा मलाई थाहा छैन समेत भनेकी छिन् । अहिले उक्त भिडियोको क्लिप सामाजिक संजाल र टिकटकमा भाइरल बनिरहेको छ।

पूजा शर्माले उक्त अन्तर्वार्तामा नेपालको संचारमन्त्रीदेखि अर्थमन्त्रीको नाम समेत भन्न जानिनन् । नेपालको संचारमन्त्रीमा पूर्व चलचित्र विकासको अध्यक्ष निकिता पौडेल नाम समेत लिएकी छिन् । पूजा शर्माले आफुलाई राजनीति गतिविधिमा खासै चासो नभएको साथै मन्त्रीहरुले समेत चलचित्र छेत्रलाई खासै चासो नदेखाएकोले हाम्रो सम्बन्ध टाढिएको तर्क समेत दिएकी छिन् । आफूले अहिले सम्म भोट समेत नदिएको कुरा प्रष्टसंग भएकी छिन।

यही अन्तर्वार्ताका कारण पूजा शर्मा ट्रोलको शिकार बनिरहेकी छिन | उक्त अन्तर्वार्ता केहि महिना अघि प्राइम टाइम्सबाट प्रसारण भएको थियो भने अहिले उक्त अन्तर्वार्ताको क्लिप काटेर सामाजिक संजालमा ट्रोल बनिरहेको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु