प्रधानमन्त्रीको अभिव्यक्तिपछि डा बाबुराम भट्टराको प्रश्न : ह’टाउने उचित बेला कहिले त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै दल बाहेक अरु कसैले ह’टाउने व्यवस्था नभएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति अनुपयुक्त भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित एक कार्यक्रममा आफूलाई ह’टाउन दिल्ली र देशभित्रकै शक्ति लागिपरेको भन्ने धारणा व्यक्त गरेका थिए।

ओलीको भनाईप्रति सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा प्रधानमन्त्री ओलीले चि’न्ता लिएको बताए।

ट्वीटमा उनले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले ह’टाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन, तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने? पछि बाढीपहिरो आएको बेला हुने? अलिपछि दशैँ तिहारको बेला हुने? अनि जाडोको बेला हुने? उचित बेला चैं कैले रच हँ?’ आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकै कारण पदबाट ह’टाउने खेल सुरु भएको गु’नासो गरेका थिए।

नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्व गर्न सफल नभएको भन्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु