परराष्ट्र तथा इतिहास मामलाका जानकारहरु भन्छन्: कालापानीमै भारत–चीन यु’द्ध हुनसक्छ’ [भिडियाे सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। परराष्ट्र तथा इतिहास मामलाका जानकारहरुले भारत र चीन बीच गलवान घाँ’टीमा झ’ड’प भएजस्तै नेपाली भूमि कालापानीमा समेत झ’ड’प हुन सक्ने ख’तरा रहेको औंल्याएका छन्। जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गलवानमा दुई देशबीच झ’ड’प भएजस्तै कालापानीमा समेत यस्तो अवस्था दोहोरिन सक्ने भएकाले नेपाली भुमिबाट भारतीय सेना तत्काल फिर्ता पठाउनुपर्ने बताउनुभयो ।

नेपालले आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको वि’रुद्ध प्रयोग गर्न दिन मिल्दैन । अहिले नेपाली भूमि कालापानीमा भारतीय फौज अड्डा जमाएर बसेको छ, यसको अर्थ नेपाली भूमि चीन वि’रुद्ध प्रयोग भएको अवस्था हो । पूर्व राजदूतसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, ‘तसर्थ भारतले अब कालापानी कब्जा गरेर बस्न मिल्दैन।’

कार्यक्रममा इतिहास अन्वेषक प्राडा रमेश ढुंगेलले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानी कब्जा गरेर बसेको भारत आफूसँग कुनै प्रमाण नभएका कारण नेपालसँगको वार्ताबाट भा’गिरहेको बताउनुभयो । नेपाली भूमि अ’तिक्र’मण गरेको विषयमा भारतमै वौद्धिक वर्गले त्यहाँको सत्ताको आलोचना गर्न थालेको छ । यो अवस्थालाई मध्यनजर गर्दै नेपालले भारतलाई वार्तामा सहमत गराएर कालापानीबाट सेन फिर्ता गर्न बाध्य पार्नुपर्छ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु