स्वस्थ बच्चा जन्माएकी १ सय ६८ केजीकी सुत्केरी मेरिना हमाल के भन्छिन् ? [भिडियो सहित]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। ‘हाम्रो समाजमा मोटो मान्छेलाई बच्चै हुँदैन भनेर हे’प्ने गरिन्छ, त्यो ग’लत हो’ ३१ वर्षीया मेरिना हमालले दोस्रो सन्तानका रुपमा छोरी जन्माएपछि कुराकानीमा भनिन्। सम्भवत नेपालमा पहिलो पटक १ सय ६८ केजी तौल भएकी महिलाले स्वस्थ बच्चा जन्माएकी छन्। तर उनलाई यो समाजले मोटो भनेर हेयको दृष्टिले हेरेको भने पटक्कै चित्त बुझेको छैन।
भिडियो हेर्नुहोस

वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो।डा. शर्मा नेतृत्वको चिकित्सकीय टोलीले करिब १ घण्टा १० मिनेट लगाएर नर्भिक अस्पतालमा शल्यक्रि’या गरेको थियो।

‘मैले स्वस्थ बच्चा जन्माएकी छु, म पहिला धेरै आ’त्तिएकी थिएँ, बाँच्दिनँ होला भन्ने लागेको थियो’ मेरिनाले भनिन् ‘पहिलो बच्चा जन्माउँदा यति गा’ह्रो भएको थिएन। दोस्रो पटक कठिन भयो। मलाई डा. नुतन शर्माकै साथले सुरक्षित अनुभव भएको हो।’

आफूलाई मोटो छु भनेर हिनभावले सोच्न नहुने र बाहिर समाजमा निस्कनुपर्ने उनको सुझाव छ।विदेशमा आफूभन्दा धेरै मोटा मानिस हुने भए पनि नेपालमा आफूलाई देख्दा हास्ने, फोटो र भिडियो खिच्नेजस्ता आचरण देखिएको उनले बताइन्।मेरिनालाई सुत्केरी गराउन सम्भव भएकोमा स्त्री रो’ग विशेषज्ञ डा. शर्मा निकै खुसी छन्। ‘१ सय २० केजीसम्मको तौल भएकी महिलालाई त सुत्केरी गराइएको थियो। तर यो मेरा लागि अर्को ठूलो चु’नौति थियो’ शर्माले भनिन्।

मेरिनाका लागि अलग्गै टिम राखेर स्वास्थ्योउपचारमा खटिएको उनले बताइन्। ‘मोटो भएपछि अरु स’मस्या हुन्छन् तर उहाँलाई कुनै दिर्घ रो’ग थिएन। प्रत्येक पटक अल्ट्रासाउण्ड गर्नु परेको थियो, धेरै स’मस्या भएन।’सुरुमा मेरिना निकै आ’त्तिएको डा. शर्माले बताइन्। ‘मलाई भेटेपिच्छे म बाँच्छु कि बाँच्दिन भनेर मात्रै सोध्नुहुन्थ्यो। हामीले उहाँलाई निरन्तर निगरानी गर्यौं। उहाँको अहिले अवस्था ठिक छ’ डा. शर्माले भनिन् ‘उहाँको छोरी जन्मिदा ताैल २ दशमलव ९ केजी थियो।’नेपालमा स्वास्थ्य उपचारका क्षेत्रमा सबै सुविधा रहेको बताउँदै उनले विदेशमा सम्भव भएको उपचार सेवा यहाँ असम्भव नहुने बताइन्।

‘५/६ वर्ष पहिला पनि उहाँलाई मैले नै सुत्केरी गराएको हो’ डा. शर्माले भनिन् ‘त्यति बेला उहाँ ९६ केजीको हुनुहुन्थो, यसपटक उहाँको सुरुको परीक्षणमै तौल १४५ केजी थियो।’अहिले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक रहेको शर्माले बताइन्। उनले भनिन् ‘मोटोपना सुत्केरीको बा’धक होइन।’डा नुतन शर्मा र सुत्केरी मेरिना हमालसँग सेतोपाटीले भिडिओ कुराकानी गरेको छ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु