सरकारले सलह कीरा धपाउन अँग्रेजी गीत झिकाउँदै, मन्त्री भुसाल भन्छन्– सलह कक्रक्कै हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलह किरा धपाउन अँग्रेजी गीत संकलन भइरहेको जानकारी दिएका छन् । सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संगीतले सलहलाई लठ्याउने भएकाले सोही किसिमको गीत तथा संगीत झिकाउने तयारी भइरहेको जानकारी दिएका हुन्। अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीतले सलह कीरा कक्रक्कै हुने भन्दै उनले सो गीत संकलन भइरहेको जानकारी दिए ।

‘मलाई अष्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्, त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ,’ मन्त्री भुसालले भनेका छन्।सलहले नियन्त्रणका विषयमा चाँडै निर्देशिका बनाउने जानकारी दिएका उनले सलह कीरा नियन्त्रणका लागि केन्द्रीय सरकारले सहयोग गर्न सकिने भए पनि तर, अहिलेसम्म स्थानीय सरकारले नै नियन्त्रण गर्न सक्ने खालको अवस्था रहेको बताए।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु