भारतमा बन्यो विश्वकै ठूलो को’रोनाभा’इरस अस्पताल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। भारतले को’रोना भा’इरसवि’रुद्ध ल’ड्न संसारकै सबैभन्दा ठूलो अस्पताल खोलेको छ। भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो समय भारतमा नयाँ सं’क्रमणको संख्या ति’ब्ररुपमा बढेको छ। दिल्ली सरकारका अनुसार सरदार पटेल कोभिड केयर केन्द्र भारतमा मात्रै नभएर यस प्रकारको अस्पताल संसारकै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल रहेको दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवालले आफ्नो सामाजिक संजाल ट्वीटरमा सार्वजनिक गरेका छन्।

उक्त अस्पताल आइतवार आंशिक रूपमा सञ्चालनमा आएको थियो जहाँ दुई हजार अस्पातलको बेडलाई प्रयोग गरिएको थियो। अस्पतालमा १० हजार बेड रहेको दिल्ली सरकारले बताएको छ। बाँकी आठ हजार बेड दिल्लीको छत्तरपुर क्षेत्रमा अवस्थित रहेको र बुधवारदेखि प्रयोगमा आउने सरकारले जनाएको छ।

अस्पतालको औपचारिक प्रक्षेपण अघि भारतका गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले भ्रमण गरेका थिए।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु