नेपालको एउटा सान सधैका लागि ढल्यो : उसु खेलाडी वीरमानको भयो अन्त्येष्टि, नेपालको झन्डा ओडाई नेपाली सेनाले दियो सलामी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं – उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको छ । उहाँको धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासङ्घले जनाएको छ । अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सेनामा आबद्ध उहाँलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो । वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थित उहाँकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो । वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालबाट सहभागिता जनाउनुभएको थियो । उहाँ राखेप च्याम्पियनसिपको पदक विजेतासमेत हुनुहुन्थ्यो । शुरुआतमा वाइबा क्योकुसिन करातेका खेलाडी हुनुहुन्थ्यो ।

तस्विर तल हेर्नुहोस

Comments

comments

सम्बन्धित शीर्षकहरु