‘महतो’ भारतिय एजेन्ट(RAW) को ख’तर’नाक जा’सुस – डा. सिके राउत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जनमत पार्टी छाडेका कैलाश महतो र उनका टिम जा’सुसी गरेको आ’रोप लगाएका छन्। शनिबार जनमत पार्टी छाडेका कैलास महतोले पहिलेदेखि नै पार्टीको गो’प्य दस्ताबेज, गोप्य सूचनाको जासुसी गर्दै आएको डा. राउतले आफ्नो अधिकारीक फेसबुक पेजमा लेखेका छन्।

महतोको नेतृत्वमा केही जनाले पार्टी छाडेपछि पार्टीको सचिवालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा कैलाश महतोले ९० जना पार्टीका नेतालाई भारतमा प’क्राऊ गराउने तरखरमा रहेको आ’रोप लगाउँदै त्यही दिनदेखि घू’सपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले “कोरटीम” मा नराखिएको स्पष्ट पारेको छ।

तत्कालिन स्वतन्त्र मधेश गठबन्धनबाट मधेशलाई अलगै देश बनाउने मिशन सहित सँचालन गरिएको २०७४ सालमा गठबन्धनमाथि लगभग पूर्ण प्रतिबन्ध लागेको बेला सरकारले बैठकसम्म बस्न दिइराखेको थिएन। दुई वर्ष हुन लागेको थियो बैठक न बसेको। अन्तिममा केन्द्रिय नेताहरूले जसरी पनि बोर्डर क्रस गर्ने, भारतमा तीर्थयात्रा गर्ने गरेका थिए।

तिर्थयात्राको लागि बिहारको ‘गया जाने र चलिराखेको रिजर्वड बस वा धर्मशाला भित्रै राष्ट्रिय परिषद्को बैठक गो’प्य तरिकाले गर्ने योजना थियो। तर ४/५ जना नेतामा मात्र सिमित रहेको त्यो अ’तिगोप्य र संवेदनशील सूचना २–३ दिनमै दरभंगामा रहेको भारतीय एजेन्टलाई कैलाश महतोले भेटेर सशस्त्रको “नक्सलवादी” समूहको आ’रोपमा भारतबाटै गठबन्धनका ८०/९० जना सबै नेतालाई प’क्राऊ गराउने योजना बनाएको स्पष्ट गरिएको छ।

सचिवालयको विज्ञप्तिमा भनिएको छ– “तपाईंलाई पत्यार छैन भने कैलाश महतोको २०७४ सालको कल डिटेल्स निकालेर हेर्नुस्। यही कारणले डाा. साहबले बरू नेपालमा जे’ल जान रोजे, तर भारतमा गएर कुनै बैठक वा गतिविधी गरेनन्। सो कुराको सूइंको पाए पछि डा. साहबले अन्तिम समयमा भारतमा हुने भनिएको त्यो बैठकनै स्थगित गरेको थियो। त्यो राष्ट्रिय परिषद्को बैठक नै हुन सकेन।”

गत २०७४ सालको अन्तिममा चैत १–२ गते अति नै गो’प्य तरीकाले राष्ट्रिय परिषद् सिरहामा गरिएको र सहभागीहरूलाई बैठक कुन शहरमा हुने ठाउँको पतो पनि नदिएर २०–३० किलोमीटर पर नै मोबाइल र सरसामान खो’सेर गो’प्य तरीकाले ल्याइएको उल्लेख गरिएको छ ।

संगठनमा घू’सपैठ गरेर यो षड’यन्त्र रच्ने र सशस्त्र समूहसँग जोडिदिने त्यतिबेलापनि केही व्यक्तिहरूको प’र्दाफा’श भएको थियो र अझै पनि केही व्यक्तिहरू पर्दापछाडि नै रहेको बताउँदै तिनीहरूको र’हस्य पनि उद्घाटन आफैं हुँदै जाने बताइएको छ।२०७१ सालमा जतिबेला डा. सिके राउत जे’लमा थिए। त्यतिबेला कैलाश महतो कहिले मा’तृका यादव समूह त कहिले तमरा अभियान चहारेको आ’रोप पनि लगाइएको छ।

पछि जे’लबाटै पद दिए पछि मात्रै लागेको हो। एमाले, फोरम, सद्भावना सबै हुँदै कुन पार्टी जान उनले नछाडेको उल्लेख गरिएको छ। गठबन्धन जतिबेला फिल्डमा बेस्सरी मेहनत गर्दैथियो, त्यतिबेला २०७० सालमा कैलाश महतो विदेशी शक्तिबाट ५ लाख लिएर चुनाव ल’डेका थिए।

केन्द्रिय समितिको निर्णयको फोटो खिंचेर वि’रोधी पार्टीहरूसँग सांठगांठ गरी निर्वाचनको समयमा त्यसलाई कुप्रचार गर्न लगाएर निर्वाचनमा ह’राउने प्रपञ्च गरेको यिनकै धू’सपै’ठिया टीम र यही केन्द्रिय सदस्यहरूले गरेको भनिएको छ। काठमाडौंमा २०७६ साल मंसीर ७ गते आमसभा हुन नदिन अनेकौं ष’डयन्त्रहरू गरेको थियो।

केही स्वयंसेवकहरूले उनको फोन रेकर्डिंग नै दिन सक्ने बताईएको छ। गठबन्धनका गो’प्य जानकारीहरू दूताबासमा बुझाउँदै आएको। सो विषयमा स्पष्टीकरण माग्दा, “हैन मेरो छोरालाई जसरी पनि दूताबासको स्कलरशीपमा पठाउनु छ, त्यही भएर मैले सूचना दिएको हो, भनेर सीधै भनेको बताइएको छ।

अहिले आ’न्दोलनमा “जनमत पार्टी” ले हरेक ठाउँमा “लीड” लिई राख्दा विरोधी पार्टीहरुसँग पैसा लिई सांठगांठ गरेर आ’न्दोलन तुहाउन सामूहिक राजीनामाको मंचन गरेको बताइएको छ। “यथार्थमा यिनीहरू संगठनमा निष्क्रिय नै छन्, त्यसैले संगठनलाई कुनै फरक पर्दैन। खाली हरेक ठाउँका नेता कार्यकर्ताहरू यस्ता खत’रनाक घू’सपैठिया र जाूससहरूसँग सावधान हुन र संगठनलाई दु’रुपयोग गर्न कुनै ठाउँ न दिन अनुरोध छ।”– विज्ञप्तिमा उल्लेख गरिएको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु