प्रक्रिया पुरा नगरी राजधानी नआउनु, १५ सयलाई साँगाबाट फर्काइयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर । को’रोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेको तीन महिना भयो । केही हप्तायता लकडाउन खुकुलो भएपछि राजधानी छिर्नेहरुको लाइन थानकोट, साँगा नाकामा लाग्ने गरेको छ। मंगलबार महानगरीय प्रहरी परिसर भक्त पुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जगातीका वृत्तका प्रमुख प्रनाउ (डीएसपी) चक्रराज जोशीले भने– ‘आवश्यक प्रक्रिया पुरा नगरी राजधानी नफर्किन आग्रह गर्दछु ।’

सम्बन्धित जिल्ला प्रशासन र काठमाडौं प्रशासनसँग समन्वय गरेर आफ्नो काम भएमात्र राजधानी प्रवेश गर्न प्रहरीले आग्रह गरेको छ। पूर्व झापाबाट राजधानी आउन विभिन्न जिल्ला पार गरेर साँगा आइपुगेपछि फर्काउदा निकै असहज हुने भएकाले अन्यत्र समेत चेक जाँच हुनु पर्नेमा समेत डीएसपी जोशीले जोड दिए । प्रहरीले असार ८ गतेदेखि १४ गतेसम्म १ हजार ५ सय ३ जनालाई राजधानी छिर्ने पूर्वी नाका साँगाबाट फर्काइएको छ ।

‘६ पाङ्ग्रे, ४ पाङ्ग्रे र २ पाङ्ग्रे गरेर ६ सय ६७ सवारी साधानमा आएका ती मानिसहरुलाई फर्काएका हौं’ डीएसपी जोशीले भने । विगतमा लकडाउन सुरु भएपछि गाउँ फर्किएजस्तै गरेर मानिसहरु राजधानी प्रवेश गरिरहेकाले थप सचेत हुनुपर्ने अवस्था रहेको प्रहरीको बुझाई छ । महानगरिय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरिक्षक (एसपी) तारादेवी थापामा समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताइन् ।

सञ्चार कर्मीसँग कुरा गर्दै एसपी थापाले भनिन् – ‘हामी बाट पनि कहिल्यै काहीँ कमी कमजोरी र गल्ती हुन सक्छ, तपाईहरुले सुझाव दिनु होस् पक्कै पनि सुधार गर्ने छौं । ’ एसपी थापा अघिल्लो हप्ता मात्रै प्रहरी परिसर भक्तपुरका सूरुवा भएर आएकी हुन् । फाईल तस्बिर

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु